×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शिखर वार्ताकाे लागि अमेरिकी र उत्तर कोरियाली अधिकारी सिंगापुरमा

१५ जेष्ठ २०७५

सिंगापुर, १५, जेठ

उत्तर कोरियाली एकजना उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार सिंगापुर पुगेको समाचार छ ।

Advertisement

उत्तर कोरियाली नेता किम जोङ उनका विशेष दुतका रुपमा उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम चाङ सोनसहितको उक्त प्रतिनिधिमण्डल सिंगापुर पुगेको जापानी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपतिसँगको वार्ताको तयारीका लागि ती अधिकारीहरु सिंगापुर पुगेका जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

उक्त समाचार संस्थाका अनुसार उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम र केही अमेरिकी अधिकारीहरु पनि त्यहाँ पुगेका हुन् ।

मङ्गलबार केही अमेरिकी उच्च अधिकारी पनि सोमबार राति जापान हुदै सिंगापुर पुगेका थिए । अमेरिकी अधिकारी ह्वाइट हाउसका उपसचिव जोय हाजिनको नेतृत्वमा रहेको छ ।

दुई नेताबीचको शिखर वार्ता अघि ती दुई देशका अधिकारीहरुले संयुक्त रुपमा अग्रिम तयारीका कार्यहरु गर्ने भएका प्राप्त समाचारमा जनाइएको छ ।

आगामी जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता हुने छ ।

यस शिखर वार्ताको बारेमा सिंगापुरको विदेशमन्त्रालयले पनि यसअघि नै पुष्टि गरेको छ । यस वार्ताबारे विश्वमा नै निकै ठूलो चासो फैलिएको छ ।

Advertisement

उता यसै वार्ताको आवश्यक तयारीका लागि भन्दै एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको अर्काे समाचारमा जनाइएको छ ।
रासस

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top