चिनियाँ विशेष टोलीले दाहाललाई भन्यो : ओलीसँग मिलेर अघि बढ्नुहोस्

१३ पुस ७७, मंगलबार

काठमाडौँ : नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेक चीनबाट आएको विशेष टोलीका सदस्यले नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जान सल्लाह दिएका छन् ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी नेकपाभित्र विवाद बढ्दै गएपछि प्रतिनिधिसभाको विघटन गरेपछि नेपालमा राजनीतिक संकट गहिरिदै गएपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आइतबार चार सदस्यीय टोली काठमाडौं आएको थियो । उक्त टोलीले सोमबार बिहान दाहाल निवास खुमलटारमा पुगेर सम्भव भएसम्म नेकपा (ओली पक्ष) का अध्यक्ष प्रधानमन्त्री ओलीसँग मिलेर अघि बढ्नको लागि सहल्लाह दिएका हुन् ।

दाहाल निकट एक नेताले कान्तिपुरलाई दिएको जानकारी अनुसार चिनियाँ विशेष टोलीले नेकपाको पार्टी एकतालाई कायम राख्न आग्रह गरेका हुन् ।

Advertisement

जवाफमा दाहालले प्रधानमन्त्री ओली सच्चिएमा आफू मिलेर अघि बढ्नको लागि तयार भएको बताएका हुन् । त्यसको मतलब दाहालले ओलीले प्रतिनिधि सभा विघटनलाई फिर्ता लिने पर्ने अडान चिनियाँ टोली समक्ष राखेका हुन् ।

करिब साढे ९ बजे खुमलटार पुगेको चिनियाँ टोलीले दाहालसँग करिब ४५ मिनेट वार्ता गरेको थियो । त्यसपछि चिनियाँ टोलीले अर्का अध्यक्ष (दाहाल–नेपाल समूह) माधवकुमार नेपालसँग वानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता गरेका हुन् । नेपाल निकट एक नेताका अनुसार चिनियाँ टोली टोलीका सदस्यहरुले नेकपाको एकतालाई कायमै राख्नको लागि सुझाव दिएका थिए । जवाफमा नेता नेपालले पहिला ओली सच्चिनु पर्ने धारणा राखेका थिए ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top