भारतमा २४ घण्टायता परेको चट्याङ्मा ३३ जनाको मृत्यु

१५ जेठ ७५, मंगलबार
Share this
734shares

नयाँ दिल्ली, जेठ १५
भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी ३३ जनाको मृत्यु भएको समाचार छ ।

Advertisement

यहाँका प्रकोप व्यवस्थापन अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् । गत २४ घण्टायता परेको भारी वर्षापछि सो प्रकोपले सताएको जनाइएको छ ।

पूर्वीभारतीय राज्य बिहार र झारखण्ड तथा उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा सो प्रकोपले सताएको हो ।

Advertisement

भारी वर्षाका साथमा भीषणरुपमा चट्याङ परेको बताइएको छ । चट्याङ्बाट बिहारमा १२, छिमेकमा पर्ने राज्य झारखण्डमा १२ र उत्तर प्रदेशमा नौ गरी ३३ व्यक्तिको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।

माझीलाई यस इलाकाको समुद्रमा नजानसमेत सरकारी निकायले सूचना जारी गरेका पनि बताइएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top