पाञ्चालको यःमरीका स्वाद बेलायतसम्म

ललितपुर:  कोरोना महामारीका कारण यस वर्षको यःमरी पूर्णिमा घरमै मनाइने भएको छ । ज्यापू समाज पाटनका अध्यक्ष चन्द्र महर्जनका अनुसार ४० टोलका ज्यापू समुदायले यःमरी तयार गर्ने तर सभा ¥याली आयोजना नगर्ने भएका छन् ।

परम्पराअनुसार गुठीले गर्नुपर्ने पूजा घरघरै सम्पन्न गरेर यो पर्व मनाइँदै छ । सोही दिन पर्ने ज्यापू दिवस पनि भीडभाड र औपचारिक कार्यक्रम नगरी मनाइने समाजले जनाएको छ । ज्यापू समाज काठमाडौँ नगर कमिटी कोषका संयोजक शान्तराज महर्जनका अनुसार टोलका वाद्य गुरु, संयोजक र समाजका स्थानीय अध्यक्षबीच मात्र भेटघाट हुन्छ ।

भक्तपुरमा धनेश्वरमा यःमरी चढाएर यो पर्व मनाइने भएको छ । महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याका अनुसार यो दिन गरिबलाई यःमरी दान दिँदा जति दिएको हो अर्काे वर्ष दोब्बर प्राप्त हुन्छ भन्ने कथनअनुसार यःमरी वितरण हुन्छ ।

Advertisement

भाइचाराको पर्व
संस्कृतिविद् सत्यमोहन जोशीले यःमरी पर्व भाइचारा बढाउने र अर्कासँग रोटी साटासाट गर्ने पर्व भएको बताउनुभयो । यसैगरी संस्कृतिविद् ओम धौभडेलका अनुसार यःमरी किनबेच गर्ने वस्तु नभई दान गर्ने खानेकुरा हो । यःमरीलाई व्यावसायिक बनाए पनि त्यसको मौलिकता कायम हुनुपर्ने उहाँको तर्क छ ।

धौभडेलले भन्नुभयो, ‘‘यःमरी बनाउनु भनेको लक्ष्मी भिœयाउनु हो । खेती गरेर आएको चामलको पहिलो पीठोबाट यःमरी बनाउनु भनेको लक्ष्मीको आगमन गराउनु हो ।’’ नेवार समुदायमा यःमरीको विशेष महìव रहेको र जन्मदिन लगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक भएको उहाँले बताउनुभयो ।

Advertisement

यःमरी नेवार समुदाय र संस्कृतिको पहिचान भएको चर्चा गर्दै संस्कृतिविद् जोशीले थप्नुभयो, ‘‘पहिला रोटीका नाममा सुक्खा रोटी मात्रै बन्थ्यो, अहिले जस्तो विभिन्न प्रकारका रोटी थिएनन्, पछि आफँैसँग भएका खाद्यान्नको उपयोग गरी नेवारले यःमरीको विकास गरेको हो । त्यसबेला तिलको धुलो, चाकुको झोललाई मिसाएर चामलको पीठोमा राखेर आधुनिक रोटीको विकास भएको हो ।’’ यसरी नयाँ प्रकारको रोटी बनाउँदा सबैलाई मीठो लागेको र सबैलाई मनपर्ने भएकाले यसको नाम ‘यगु मरी’ हुँदै हाल ‘यःमरी’ रहन गएको जोशीले जानकारी दिनुभयो ।

लोकप्रियता बढ्दै
नेवार समुदायको परिचय बनेको यःमरी व्यावसायिक हुँदै गएको छ । विशेष अवसर र समयमा मात्रै बनाइने यःमरी अहिले बाह्रै महिना पाउन सकिन्छ । राजधानीको इन्द्रचोकको गल्लीमा विगत १२ वर्षदेखि यःमरीको व्यापार गर्दै आउनुभएकी सन्तमाया महर्जनले भन्नुभयो, ‘‘पहिला पहिला यःमरीको व्यापारमा अलिक कम भए पनि अहिले भने राम्रो छ । दैनिक पाँच सयवटासम्म यःमरी बिक्री हुन थालेको छ ।

स्वादको विदेशमा चर्चा
नेपाली सेफ सन्तोष साहले बेलायतको चर्चित पाककलासम्बन्धी टेलिभिजन प्रतियोगिता मास्टर सेफमा यःमरी चखाएर चर्चा बटुल्नुभएको थियो । साहले नेपालको यःमरी परिकारभित्र चकलेट र काजु हालिएको थियो भने सुन्तला र दालचिनीले सजाइएको थियो । निकै प्रभावित देखिएका निर्णायकहरूले त्यो दिनको उत्कृष्ट परिकार भन्दै साहलाई सोझै फाइनल चरणमा प्रवेश दिएको थियो । उहाँ सो प्रतियोगितामा उपविजेता हुनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा सरोज आचार्य र यलु जोशीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top