तुइन विस्थापित गर्दै झोलुङ्गे पुल

काठमाडौँ : पाँच वर्षअघि २०७२ असोजमा सरकारले तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने निर्णय गरेपछि अहिलेसम्म मुलुकभरबाट १२८ वटा तुइन विस्थापन भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक २०७२ सालमा प्रधानमन्त्रीको पद बहाली गर्दा मुलुकभरका तुइन विस्थापन गरी झोलुङ्गे पुल बनाउने निर्णय गर्नुभएको थियो । मुलुकका विभिन्न ठाउँमा रहेका नदी, खोलामाथि वारपार गर्न अन्य सुरक्षित उपाय नभएको अवस्थामा निर्माण गरिएका सार्वजनिक तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने कार्यक्रम सञ्चालन भएको थियो । त्यसबेला सरकारले विस्थापन गर्नका लागि मुलुकभर १४३ वटा तुइन पहिचान गरेको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरेको सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख कुमार थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब देशको कुनै पनि स्थानमा तुइन छैन, तुइनबाट जोखिम मोलेर नदी, खोला तर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।”

Advertisement

विभागका अनुसार तुइन प्रतिस्थापन गर्ने कार्यक्रमअन्तर्गत हालसम्म गण्डकी र कर्णालीमा २८–२८, सुदूरपश्चिममा २७, बागमतीमा २२, लुम्बिनीमा १८ र प्रदेश १ मा पाँचवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका हुन् । तुइन विस्थापन गरी १२० मिटरदेखि ३५० मिटरसम्मका झोलुङ्गे पुल निर्माण भएका छन् । स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले नागरिकले अब तुइनबाट जोखिम मोलेर दैनिकी गुजार्नुपर्ने अवस्था नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल भौगोलिक विकटता, ठूला नदी र खोल्सा पार गर्न झोलुङ्गे पुल निर्माण गर्नु चुनौती रहे पनि विभागले तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिसकेको छ ।”

पहिचान गरिएकामध्ये १५ स्थानमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । भारतसँग सीमा जोडिएका दार्चुला, नवलपरासी, अछामलगायतका क्षेत्रमा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको विभागले जनाएको छ । केही स्थानमा भने भारत सरकारको सहमति आउन बाँकीछ ।

Advertisement

तुइन विस्थापन गर्ने कार्यक्रमअन्तर्गत तुइन, बाँसको फट्के, काठको पुल, ट्युबलाई झोलुङ्गे पुलले प्रतिस्थापन गरेको हो । नदी, खोल्साखोल्सी तर्न निर्माण भएका झोलुङ्गे पुलले स्थानीय नागरिकका लागि सहज आउजाउको सुविधा उपलब्ध भएको, हाटबजार, शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा, सामाजिक र सांस्कृतिक केन्द्रमा पहुँच अभिवृद्धि भएको छ ।

तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दा प्रत्यक्ष रूपमा ३३ लाख चार हजार २६७ जना नागरिक लाभान्वित भएको विभागले जनाएको छ । झोलुङ्गे पुलबाट तुइन प्रतिस्थापन गर्दा स्वास्थ्य सेवा लिनेको सङ्ख्या ३२ प्रतिशतले र झोलुङ्गे पुल तरेर विद्यालय जाने विद्यार्थीको सङ्ख्या २२ प्रतिशतले वृद्धि भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top