फोन ट्यापिङ गरेर प्रधानमन्त्रीले सबै नेताहरूको जासुसी गरिरहेका छन्ः वर्षमान पुन

१४ पुस ७७, बुधबार

१५ पुस, रोल्पा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेताहरूको फोन ट्यापिङ र रेकर्डिङ गरेर आफ्ना विरोधीको प्रत्यक्ष जासुसी गरिरहेको आरोप नेकपा नेता वर्षमान पुनले लगाएका छन् ।

नेकपाको दाहाल–नेपाल समूहले मंगलबार लिवाङमा आयोजना गरेको संसद् विघटनविरुद्धको विरोधसभामा बोल्दै पुनले प्रधानमन्त्री ओली आफूभन्दा फरक विचार राख्नेविरुद्ध गैरकानुनी तवरमै खनिन थालेको बताए ।

‘आज सबै नेताको फोन ट्यापिङ हुन्छ, रेकर्डिङ हुन्छ,’ उनले भने, ‘त्यसैले सबै नेताले आफ्नो कन्फिडेन्सियल कुरा फोनमा र मोबाइलमा गर्नुहुन्न ।’

Advertisement

प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई रातारात आफ्नो मातहत राखेको, राजस्व अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई नियन्त्रणमा लिएर सम्पत्ति छानबिन गर्दा तर्साउन थालेको आरोप उनले लगाए ।

‘रातारात प्रधानमन्त्रीले राष्ट्रिय अनुसन्धान कार्यालय आफ्नो मातहत राख्ने किन ?’ उनले भने, ‘राजस्व अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई आफैं नियन्त्रणमा लिनुभो, फरक विचार राख्नेलाई सताउन थाल्नुभो ।’

Advertisement

ओलीले पार्टीभित्रका साना विवादका कारण यत्रो कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय गुप्तचर निकायका मानिसको भ्रमण र पूर्वराजासँगको साँठगाँठको चर्चापछि संसद् विघटनको घटना भएको बताए ।

संसद् विघटनको कदम सच्याउन अहिले भइरहेका विरोध कार्यक्रम ‘रिहर्सल’ मात्रै रहेको भन्दै उनले यसपछि कडा कार्यक्रम गर्ने चेतावनी दिए । ‘हामीले संसद् विघटन गर्न नदिन प्रधानमन्त्रीसमक्ष निकै अनुरोध गर्‍यौं तर मान्नुभएन,’ उनले भने, ‘मुलुकलाई दुर्घटनातिर लगेर उहाँले संविधान उल्लंघन गर्नुभयो ।

अब हामी सडकमा निस्किएको ख्याल नठानियोस् ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

सम्बन्धित समाचार

Scroll to Top