क्रोएशियामा ६.४ म्याग्निच्युडको भूकम्पः ७ जनाको मृत्यु, उद्धार कार्य जारी

१५ पुस, एजेन्सी ।
मध्य क्रोएशियामा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण सात जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन्।

पेट्रेनियामा १२ वर्षकी एक बालिकाको मृत्यु भएको उक्त क्षेत्रको भ्रमण पछि प्रधानमन्त्रीले जनाएका छन्। पाँच जनाको नजिकैको सहर ग्लीनामा मृत्यु भएको उप प्रधानमन्त्रीले बताए।

मृत्यु भएका सातौँ व्यक्ति जाजीनास्थित एउटा गिर्जाघरको भग्नावशेषमा फेला परेको सरकारी सञ्चारमाध्यमले जनाएको छ। पेट्रेनियाका मेयरका अनुसार सहरको करिब आधा भाग ध्वस्त भएको छ र मानिसहरूलाई भग्नावशेषबाट निकालिँदै छ।

Advertisement

भूकम्पको प्रभाव क्रोएशियाको राजधानी जाग्रेब , छिमेकी बोस्निया र सर्वियाका साथै इटलीसम्म महसुस गरिएको थियो। सरकारी सञ्चारमाध्यमका अनुसार एक जना महिलालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ।

हामीले मानिसहरूलाई कारबाट बाहिर तानिरहेका छौँ, पेट्रेनियाका मेयरले क्षेत्रिय प्रसारक एन१लाई भने। त्यहाँ सामान्य त्रास छ। मानिसहरू आफ्ना प्रियजनहरूको खोजीमा जुटेका छन्।

Advertisement

२०,००० सर्वसाधारणहरूले बसोबास गर्ने उक्त सहरमा मङ्गलवार भूकम्प जाँदा उनी सञ्चारकर्मीहरूसँग कुरा गरिरहेका थिए। तर त्यस बेला भूकम्पको धक्का सामान्य मात्रै थियो।

स्नान कक्षका सबै टाइल फुटेका छन्। खानपानका सबै सामग्री झरेका छन्, एक जना ७२ वर्षे स्थानीयले समाचार संस्था एएफपीलाई बताए। हामीले चाहे पनि फर्केर भित्र जान सकिने अवस्था छैन। यहाँ विद्युत छैन।

छिमेकी सहर सिसाकमा पनि मानिसहरू घाइते भएका छन्। राष्ट्रिय प्रसारक एचआरटीले स्थानीय अस्पतालहरूलाई घाइतेहरूको उपचार गर्न गाह्रो भएको जनाएको छ। केही घाइतेलाई शल्यक्रियाको आवश्यकता रहेको बताइएको छ।

जर्मन रिसर्च सेन्टर फर जीओसाइन्सेसका अनुसार स्थानीय समय अनुसार ११ बजेर १९ मिनेट जाँदा भूकम्प आएको हो।

पेट्रेनिया पुगेका प्रधानमन्त्री आन्द्रे प्लेनकोभीचले भनेः एक जना बालिकाको मृत्यु भएको खबर हामीसँग छ। के कति हताहत भए भन्ने बारे थप सूचना छैन।

सहयोगका लागि सेना आएका छन्। यहाँ बस्न असुरक्षित भएको हुँदा हामीले केही मानिसहरूलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने देखिन्छ, उनले थपे।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top