×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ

१८ पुष २०७७

१८ पुस, बनेपा ।
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ भएका छन्।

कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेलका होटलमा नयाँ वर्ष मनाउन आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि अहिले धुलिखेल आउन चाहनेका लागि होटलमा बास बस्न कोठाको अभाव रहेको होटल व्यवसायी बताउँछन्।

Advertisement
Advertisement

अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्ष मनाउनको लागि धुलिखेल आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यतिबेला धुलिखेलका होटल भरिएको हो।

धुलिखेल देवीस्थान डाँडामा रहेको होटल पानारोमाका सञ्चालक चञ्चल नगरकोटीले नयाँ वर्ष शुरु हुनुभन्दा अगाडिदेखि नै होटल बुक गर्ने गरेको कारण अहिले आउनेका लागि कुनै व्यवस्थापन गर्न नसक्ने बताए। हामी कहाँ १५ दिन अगाडिदेखि सम्पर्क गरेर आउने पाहुना भएको कारण पछिल्लो समयमा आउनेको लागि ठाउँ व्यवस्थापन गर्न सकिरहेको छैन, उनले भने, यहाँका होटल हिजोआज भरिएका छन्।

धुलिखेल भट्टेडाँडामा रहेको होटल सारथीका सञ्चालक प्रल्हाद प्याकुरेलले आफ्नो होलटमा आउने पाहुनालाई सबै व्यवस्थापन गर्न नसकेपछि नजिकैको अरु होटलमा बुकिङ गरी राख्नुपरेको बताए।

अङ्ग्रेजी नयाँ वर्षको आगमनसँगै केही दिनदेखि होटल निकै भरिपूर्ण बनेको छ, उनले भने, अहिले पछिल्लो समयमा धुलिखेल आउन चाहनेका लागि फोन सम्पर्कमा आउने पाहुनाका लागि ठाउँको व्यवस्थापन गर्न असमर्थ भएका छौँ। धुलिखेलका सबैजसो होटल भरिभराउ भएको कारण पछिल्लो समयमा धुलिखेल आउन चाहने आन्तरिक पर्यटकले होटल बुकिङ गर्न नपाएको बताए।

धुलिखेल बसपार्कमा रहेको होटल माउण्ट प्रिन्सेजका सञ्चालकसमेत रहेकी क्षेत्रीय होटल सङ्घ काभ्रेपलाञ्चोकका सचिव ज्योत्सना श्रेष्ठले काठमाडौँबाट नजिक, सडकको सुविधा भएको शान्त पारिवारिक वातावरण भएको ठाउँ भएको कारण पनि धुलिखेल पर्यटकको रोजाइमा पर्ने गरेको बताइन्‌।

कोरोनाका कारण अहिले समय अलि प्रतिकूल रहे पनि विभिन्न क्षेत्रबाट धुलिखेल आउनेको सङ्ख्या निकै बढेको छ, उनले भनिन्‌, समय त्यस्तै भएकाले केही आइएनजिओ र एनजिओमा कार्यरत बाह्य पर्यटकबाहेक धेरैजसो आन्तरिक पर्यटक रहेका छन्। पहिला नै बुक गर्ने र बुक नगरिकन आउने आन्तरिक पर्यटकको आगमन निकै बढ्दै गएको उनले बताए।

क्षेत्रीय होटल सङ्घ मानव संशाधन तथा तालीम व्यवस्थापन समिति सदस्य मोहनबहादुर गजुरेलले नयाँ वर्षमा समूहमा रमाइलो र मनोरञ्जन गर्न शान्त वातावरणमा क्याम्प फायर गर्न आउनेको सङ्ख्या उल्लेख्य भएको बताए।

एकातिर काठमाडौँबाट नजिकको ठाउँ, अर्कोतिर वातावरण पनि चिसो र शान्त ठाउँ, कोलाहल नहुने प्राकृतिक मनोरम वातावरण भएको कारण पनि धेरैजसोको रोजाइको केन्द्र धुलिखेल भएको छ, उनले भने, झन पछिल्लो समयमा कोरोना महामारीका कारण घरमा नै खुम्चिएर बस्नुपरेको कारण मान्छेलाई कहाँ जाने होला भन्ने भइरहेको बेला अङ्ग्रेजी नयाँ वर्षमा घुम्न आउनेको सङ्ख्या ह्वात्तै बढेको छ।

लामो दूरी चल्ने महत्वपूर्ण अरनिको राजमार्ग र बिपी राजमार्गले जोडिएको धुलिखेल पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ। त्यससँगै स्थानीय सरकारले पर्यटन प्रवद्र्धनको लागि भौतिक संरचनाको निर्माणसँगै पर्यटक लक्षित उद्यानको निर्माण र पैदल तथा साइकलयात्रीको लागिसमेत रुटको व्यवस्था गरेका कारण पर्यटकको सङ्ख्या बढ्दो छ।

Advertisement

रमाइलो वातावरणसँगै होटलबाट बाहिर निस्केर केही समयमा हिँडेरै बजारक्षेत्रको माथि रहेको देवीस्थान डाँडामा गएर उद्यान क्षेत्रको आरामदायी बसाइसँगै हिमालय शृङ्खला तथा वरिपरिका प्राकृतिक दृश्य अवलोकन गरी आनन्द लिन पाउने र सुविधासम्पन्न प्रसस्त होटल भएकाले धुलिखेलको ख्याति बढ्दो छ।(रासस)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top