जयबागेश्वरी सुन्धाराको अस्तित्व खतरामा

१६ जेठ ७५, बुधबार

काठमाडौँ, जेठ १६
सडक किनारमा गहिरो भागमा पानी जमेको छ, पानीमाथि फोहर तैरिएको छ, झट्ट हेर्दा जो कसैलाई लाग्न सक्छ, यो फोहर फाल्ने ठाउँ हो ।

Advertisement

तर यो फोहर फाल्ने स्थान भने होइन । यो हो, विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयबागेश्वरी अगाडिको ऐतिहासिक सुन्धारा । धरहरासँगैको सुन्धारा बन्नुभन्दा सयौँ वर्षअघि बनेको यो सम्पदाका बारेमा नयाँ पुस्तालाई थाहा नहुन सक्छ । पछिल्लो समय यसको संरक्षण हुन नसक्दा लोप हुने खतरा बढेको स्थानीयवासीको गुनासो छ ।

जयस्थिति मल्लको शासनकालमा बनेको जयबागेश्वरीको सुन्धारा चन्द्रशम्शेरले जीर्णोद्धार गरेको शिलालेख रहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डन बताउँछन् ।

Advertisement

“महाँकालचौरको पश्चिमी डाँडाबाट ल्याइएको यो धारामा विसं २०३५ सम्म पानी आउँथ्यो, शहरीकरण बढेसँगै बनेका घरले पाइप निकाले, पानी बन्द भयो, पानी बन्द भएपछि यसको महत्व पनि घट्दै गयो, ढुंगेधारा संरक्षण गर्नेतर्फ कसैको ध्यान गएन”, उनले भने ।

विसं २०४४ मा पशुपति क्षेत्र विकास कोषको स्थापना भएपछि एकपटक सफाइ गरिए पनि यसको संरक्षण हुन सकेको छैन । संरक्षणका लागि पानी झार्नुपर्छ । पानी झार्न धेरै सरकारी कार्यालयका बीच समन्वय हुनुपर्ने आवश्यकता रहेको बताउँछन् डा टण्डन ।

Advertisement

महाँकालचौरबाट जयबागेश्वरीको ढुंगेधाराका लागि ल्याइएको पानी अहिले चावहिल चोकस्थित मेडिकेयर अस्पताल अगाडि झरिरहेको छ । प्राचीन सम्पदा जोगाउन पशुपति क्षेत्र विकास कोषलगायत निकायमा अनुरोध गरेको वर्षौं पुग्दा पनि पहल नभएको स्थानीय विजयगोपाल वैद्यको भनाइ छ ।

पुरातात्विक महत्वको यो स्थलमा देवीदेवताका मूर्तिसँगै फोहर पानी जमेको छ । फोहर पहिल्यै देखिने भएकाले सम्पदास्थल हो भन्ने नलाग्नु स्वाभाविक भएको उनको भनाइ छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top