मोरङका कुन स्थानीय तहलाई कति बजेट ?

विराटनगर,जेठ १६

सरकारले २०७५–७६ को बजेटमा मोरङका १७ वटा स्थानीय तहका लागि ५ अर्व ३० करोड ८२ लाख बढी बजेट छुट्याएको छ ।

यसपालीको मोरङको बजेटमा वित्तिय समानीकरणतर्फ २ अर्व ५२ करोड ६५ लाख छ भने सशर्त अनुदानतर्फ २ अर्व ७८ करोड १७ लाख रहेको छ।

Advertisement

मोरङका स्थानीय तहमध्ये विराटनगर महानगरपालिकालाई छाड्ने हो भने सबैभन्दा बढी बजेट सुन्दरहरैंचा नगरपालिकाले पाएको छ । जुन सबै भन्दा बढी जनसंख्या भएको नगरपालिका समेत हो।

विराटनगर महानगरपालिकालाई ७८ करोड २० लाख बजेट छुट्याइएकोमा सुन्दरहरैंचा नगरपालिकालाई ४१ करोड ५२ लाख छुट्याइएको छ । अन्य नगरपालिकाहरुमा उर्लाबारीलाई ३३ करोड १५ लाख, पथरिशनिश्चरेलाई ३२ करोड ९६ लाख, बेलबारीलाई ३६ करोड २९ लाख, रंगेलीलाई ३३ करोड १० लाख, रतुवामाईलाई ३४ करोड ६७ लाख, सुनवर्सीलाई २८ करोड ४७ लाख बजेट छुट्याइएको छ ।

Advertisement

नगरपालिकाहरुमध्ये उत्तरी मोरङमा पर्ने लेटाङ नगरपालिकालाई सबैभन्दा कम बजेट छुट्याइएको छ । क्षेत्रफलको हिसावले मोरङको दोश्रो ठूलो स्थानीय तह भएपनि जनसंख्या भने कम भएको लेटाङ नगरपालिकाले सबैभन्दा कम २३ करोड ७१ लाख बजेट पाएको हो ।

लेटाङले मोरङका अन्य सबै नगरपालिका भन्दा कम तथा अन्य ३ वटा गाउँपालिकाले भन्दा पनि कम बजेट पाएको छ । गत आर्थिक वर्षमा पनि लेटाङले सबैभन्दा कम बजेट पाएको थियो ।

त्यस्तै गाउँपालिकाहरुतर्फ ग्रामथानले सबैभन्दा बढी २५ करोड १२ लाख बजेट पाएको छ । त्यसपछि क्रमशः बूढीगंगाले २४ करोड ८१ लाख, धनपालथानले २४ करोड ७३ लाख, कानेपोखरीले २३ करोड ५३ लाख, केराबारीले २३ करोड १६ लाख, जहदाले २३ करोड ८ लाख, मिक्लाजुङले २२ करोड ६५ लाख र कटहरीले सबैभन्दा कम २१ करोड ६७ लाख बजेट पाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top