विराटनगर, जेठ १६
आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल रु तीन अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ ।
कार्यालयले यस महिनासम्ममा कूल रु चार अर्ब २१ करोड एक लाख १२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य लिएको भन्दा रु ३९ करोड ४३ लाख ६० हजार कम राजश्व संकलन भएको छ ।
कार्यालयका प्रमुख कर अधिकृत दिलीपकुमार गौतमका अनुसार गतवर्ष सो अवधिमा रु तीन अर्ब ४४ करोड ५६ लाख १७ हजार राजश्व संकलन गरिएको थियो ।
संकलित राजश्वमा आयकरतर्फ रु एक अर्ब ११ करोड ९३ लाख ३७ हजार, बहाल करतर्फ रु सात करोड ४० लाख ८२ हजार, ब्याजकरतर्फ रु चार करोड ८७ लाख १० हजार, मूल्य अभिवृद्धि करतर्फ रु ९६ करोड ३२ लाख ५० हजार, अन्तःशुल्क करतर्फ रु एक अर्ब ४८ करोड ९० लाख ९८ हजार, स्वास्थ्य सेवा करतर्फ रु नौ करोड ५७ लाख १८ हजार र शिक्षा सेवा करतर्फ रु दुई करोड ५५ लाख ५७ हजार रहेको छ ।
रासस
				
                                                    
                                                    





                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    

