राजश्व कार्यालय विराटनगरद्वारा तीन अर्ब ८१ करोड ५७ लाख संकलन

१६ जेठ ७५, बुधबार

विराटनगर, जेठ १६
आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल रु तीन अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ ।

Advertisement

कार्यालयले यस महिनासम्ममा कूल रु चार अर्ब २१ करोड एक लाख १२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य लिएको भन्दा रु ३९ करोड ४३ लाख ६० हजार कम राजश्व संकलन भएको छ ।

कार्यालयका प्रमुख कर अधिकृत दिलीपकुमार गौतमका अनुसार गतवर्ष सो अवधिमा रु तीन अर्ब ४४ करोड ५६ लाख १७ हजार राजश्व संकलन गरिएको थियो ।

Advertisement

संकलित राजश्वमा आयकरतर्फ रु एक अर्ब ११ करोड ९३ लाख ३७ हजार, बहाल करतर्फ रु सात करोड ४० लाख ८२ हजार, ब्याजकरतर्फ रु चार करोड ८७ लाख १० हजार, मूल्य अभिवृद्धि करतर्फ रु ९६ करोड ३२ लाख ५० हजार, अन्तःशुल्क करतर्फ रु एक अर्ब ४८ करोड ९० लाख ९८ हजार, स्वास्थ्य सेवा करतर्फ रु नौ करोड ५७ लाख १८ हजार र शिक्षा सेवा करतर्फ रु दुई करोड ५५ लाख ५७ हजार रहेको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top