प्रधानमन्त्री ओली असार ५ मा चीन जाने

विराटनगर,जेठ १७
प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि असार ५ गते उत्तरी छिमेकी देश चीन जाने भएका छन् ।

प्रधानमन्त्री ओलीको असार ५ देखि १० गतेसम्म हुने चीन भ्रमणको तालिका दुवै देशले बुधबार पाईनल गरेका हुन् ।

भ्रमणको तालिका मिलाएर चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल बेइजिङ प्रस्थान गरिसकेका भएपनि सरकारले ओलीको चीन भ्रमण कार्यक्रमलाई गोप्य राखेको छ ।

Advertisement

प्रधानमन्त्रीको चीन भ्रमणका लागि मिति पनि चीनले नै प्रस्ताव गरेको बताइएको छ। नेपाली पक्षले बुधबार भ्रमण मितीमा सहमति जनाएपछि विस्तृत कार्यक्रम पनि चीनले बुधबारै पठाइसकेको छ।

चीनका लागि नेपाली राजदूत पौडेलले बुधबारै बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारमा भेटेर प्रधानमन्त्रीको भ्रमणबारेमा जानकारी गराएका थिए ।

Advertisement

ओलीको भ्रमण पूर्वतयारीका लागि परामर्शमा आएका चीनका लागि नेपाली राजदूत पौडेल चार दिन नेपाल बसेपछि बेइजिङ फर्केर भ्रमणको तयारी थालेका छन् ।

यसअघि ओलीले सांघाई को–अपरेसन अर्घनाइजेसनको सम्मेलनको अवसरमा चीन जान चाहेका थिए । तर चीनले उक्त समय मिल्न नसक्ने भन्दै त्यसको दुई साता पछिका लागि भ्रमण तालिका मिलाएको हो । ओली चीन भ्रमणका क्रममा सिचुवान पनि पुग्ने भएका छन्।

सांघाई को–अपरेसनको सम्मेलनको समयमा ओलीको भ्रमण भएको भए विश्वका नेताहरूसँग भेटवार्ता हुने अवसर मिल्थ्यो । सांघाई कोअपरेशनको सम्मेलन जुन ९–१० मा चिङ्दाओमा हुँदैछ भने प्रम ओली १९ जुनमा चीन भ्रमणमा चिन जाने भएका छन् ।

प्रधानमन्त्री ओलीले चैत अन्तिममा भारत भ्रमणमा गएलगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङ पुगेका थिए ।
भारतबाट फर्केपछि ओलीले चाँडो भन्दा चाँडो चीन जान चाहेका थिए । तर अहिले उनी पार्टी एकताको सन्देशसहित अब उनी चीन जान लागेका हुन् ।

यसअघि पहिलो कार्यकालमा ओली २०१६ मार्च २० देखि चीनको भ्रमणमा गएका थिए । त्यसबेला महत्वपूर्ण पारवाहनसहितका सहमतिमा हस्ताक्षर भएको थियो ।

ओलीको यो पटकको भ्रमणमा चीनसँग अन्तर देशीय कनेक्टिभिटी अन्तरगत रेल सञ्जाल निर्माणसहितका परियोजनामा हस्ताक्षर हुने अनुमान गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top