आज सन्दीप लामिछाने लड्समा विश्व ११ को तर्फबाट खेल्दै

विराटनगर,जेठ १७
चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार राति क्रिकेटको मक्का मानिने लड्समा खेल्दै छन्। । आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा रहेका नेपाली लामिछानेले विश्व ११ को तर्फबाट लड्डसमा वेस्ट इन्डिजविरुद्ध खेल्न लागेका हुन्।

Advertisement

लर्डसमा हुने खेलमा सन्दीप खेल्ने विश्व ११ को टिम शाहिद अफ्रिदीको कप्तानीमा मैदान उत्रने छ ।

विश्व ११ को टिममा सन्दीपसँगै ल्युक रोन्ची, सोएब मलिक, साम विलिङ्स, दिनेश कार्तिक, मिचेल म्याकलेनाघन, थिसरा परेरा, रासिद खान, टायमल मिल्स, आदिल रसिद, मोहम्मद सामी, टम कुरानलगायत छन्।
यो टिममा सन्दीप सबैभन्दा कान्छा क्रिकेटर हुन्।

Advertisement

यता वेस्ट इन्डिजको टिमको कप्तानी कार्लोस ब्राथवेटले गरेका छन्। उनको टिममा क्रिस गेल, एभिन लुइस, आन्द्रे फ्लेचर, रोमम्यान पोवेल, मार्लोन सामुयल्स, दिनेश रामदिन, स्यामुयल बद्री, एस्ले नर्स, आन्द्रे रसेल, रायद इमरिट, किमो पउल र केस्रिक विलियम्स रहेका छन्।खेल बिहीबार राति १०ः४५ बजे सुरु हुँदैछ ।

१७ वर्षको कलिलो उमेरका नेपाली क्रिकेटर लामिछाने छोटो अवधिमै लगातार सफलताको शिखर चढिरहेका सन्दीप टीट्वेन्टी विश्व कप च्याम्पियन टोली वेष्ट इन्डिजविरुद्ध मैत्रीपुर्ण खेलका लागि विश्व–११ टोलीमा समावेश भएका हुन।

Advertisement

यो अवसर नेपाल जस्तो एसोसिएट राष्ट्रका खेलाडीलाई बिरलै प्राप्त हुन्छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आज इङ्ल्यान्डसको ऐतिहासिक लड्र्स मैदानमा हुने खेलका लागि विश्व–११ टोलीमा सन्दीपलाई छनोट गरेको हो। विश्व–११ टोलीले वेष्ट इन्डिजविरुद्ध गत वर्ष आएको आँधिले भत्किएको स्टेडियम पूर्ननिर्माणका लागि च्यारीटी खेल हुन लागेको हो।

आइसीसीले उक्त टोलीमा सन्दीपलाई समावेश गर्नु नेपाली क्रिकेटका लागि समेत ठूलो अवसर भएको क्रिकेट पण्डितको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top