×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

नेपाल वान डे वरीयतामा समावेश !

१८ जेष्ठ २०७५

विराटनगर,जेठ १८ ः नेपाललाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले वान डे वरीयतामा समावेश गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले शुक्रबार नेपालसँगै स्कटल्यान्ड, नेदरल्यान्ड्स र यूएईलाई वान डे वरीयतामा समावेश गर्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

आईसीसीले प्रेस विज्ञप्ती जारी गर्दै यो वरीयता जुन १ बाट लागू हुने जनाएको छ । यसअघि वरीयताका रहेका १२ टिमसँगै अब यसमा १५ टिम हुनेछन् ।

नेपालले अहिलेसम्म औपचारिक रूपमा वान डे खेलेको छैन र यस्तोमा नेपालको अंक पनि शून्य छ । अब नेपालले वान डे खेलेपछि नेपालको नाम वरीयतामा अंकसहित चढ्ने छ ।

आइसीसीको वरीयतामा वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ भने नेपाल अन्तिम स्थानमा छ । इंग्ल्यान्ड पछि भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अस्ट्रेलिया छन् ।

त्यस पछाडि पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्ट इन्डिज, अफगानिस्तान, जिम्बावे, आइसल्यान्ड, स्कटल्यान्ड र यूएई छन् ।
नेपाल, स्कटल्यान्ड, नेदरल्यान्ड्स र यूएईले एक आपसमा वान डे खेल्ने पनि आईसीसीले जनाएको छ ।

Advertisement
Advertisement

नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग क्वालिफायरमा एसोसियट देशमध्ये शीर्ष तीनमा रहेर वान डे मान्यता पाउन सफल भएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top