सुन काण्डमा अभियुक्त खत्रीकाे बयान ःतस्करीको आरोप अस्वीकार, आफूलाई फसाउन खोजेको दाबी

विराटनगर, जेठ १८
३८ क्वीण्टल सुन तस्करी काण्डका प्रमुख अभियुक्त नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्रीले आफूलाई योजनावद्ध रुपमा फसाउन खोजिएको दाबी गरेका छन् ।

एसएसपी खत्रीले अदालती बयानमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन । साथै डीआईजी बढुवाको एक नम्बरको दाबेदार भएकाले प्रहरीकै गुटले फसाउन खोजेकोसमेत दाबी गरेका छन् ।

उनी पुर्पक्षका लागि जेल चलान भएका छन् । सुन तस्करी काण्डमा उर्लाबारीका सनम शाक्यको हत्या भएपछि गृह मन्त्रालयले गठन गरेको छानविन समितिले बोलाउँदा फरार भएका एसएसपी खत्रीले बिहीवार विहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए ।

Advertisement

अदालतमा खत्रीको बयानपछि थुनछेक बहस भएको थियो । विहान १० बजे अदालतमा हाजिर भएका खत्रीको ३ बजेसम्म बयान लिइएको थियो । उनले १२ पेजको बयान दिएको जिल्ला अदालत मोरङका निमित्त श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । खत्रीलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.ब. ११८ को देहाय २ का आधारमा पुर्पक्षका लागि सिधा खान पाउने गरी थुनामा राख्न आदेश दिएको अदालतका निमित्त श्रेष्तेदार गौतमले जानकारी दिए ।

मुद्दामा बादी नेपाल सरकारको पक्षबाट मुख्य न्यायधिवक्ता पुन्यप्रसाद पाठक र खत्रीको तर्फबाट अधिवक्ता हेमराज पन्तले बहस गरेका थिए । थुनछेक बहसपछि अदालतका ६ नम्बर इजलासका न्यायधिस नारायणप्रसाद शर्माको इजलासले एसएसपी खत्रीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

Advertisement

खत्री २२ पुस २०७३ मा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको दुबईबाट आएको ३४ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए । प्रहरी बर्दीमै रहेका बेला पक्राउ परेका एसएसपी खत्री त्यतिबेला जिल्ला अदालत काठमाडौंमा २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

गत माघ ९ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको साढे ३३ किलो सुन र त्यसअघि भएका सुन तस्करीमा खत्रीको संलग्नता देखिएको भन्दै गृह मन्त्रालयका सह–सचिव नेतृत्वको छानविन सपितिले जनाएको छ । सो सुन तस्करी काण्डका नाइके मानिएका उर्लाबारीका चुडामणी उप्रेती गोरेले पनि तस्करीको सञ्जालबारे खत्री जानकार रहेको र उनको सहयोगमा ५ सय केजी सुन तस्करी गरेको बयान अदालतमा दिएका थिए । सुन तस्करीमा सनमको हत्या भएपछि बयानको लागि बेलाउँदा आफू कार्यरत प्रहरी प्रधान कार्यालयबाट १० दिनको विदा स्वीकृत गराएर भारत गएका खत्री बिहीवार काठमाडौं हुँदै जिल्ला अदालत मोरङमा हाजिर भएका थिए ।

खत्रीले बयानमा सुन नै बरामद नभएको अवस्थामा कसैलाई तस्कर भन्न नमिल्ने जिकिर गरेका छन् । उनले त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करीमा तत्कालीन प्रहरी नायव महानिरीक्षक डिआईजी गोविन्द निरौलाको संलग्नता रहेको पनि बयानमा उल्लेख गरेका छन् । सुन तस्करीका नाइके भनिएका चूडामणि उप्रेती (गोरे) र तत्कालीन डिआईजी निरौलाबीच विशेष सम्बन्ध भएका कारण आफूले विमानस्थलमा कार्यरत रहँदा सुन तस्करी रोक्न नसकेको खत्रीको जिकिर छ । उनले तस्करीको विषयमा अधिकांश विषयमा मौनता साँधेको बताइएको छ । सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त बनाइएका गोरेले भने तस्करीमा आपूmभन्दा पनि एसएसपी खत्रीलाई थेरै तथ्य जानकारी रहेको बयान अदालतमा दिएका थिए ।

उनले खत्री पक्राउ परेपछि तस्करीको सबै सञ्जाल खुल्ने बयानमा उल्लेख गरेका थिए । विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा खत्रीले ५० हजार रुपैयाँ लिने गरेको गोरेको बयान छ । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो । गोरेका अनुसार विमानस्थलबाट खत्रीले करिब ५ सय केजी सुन पास गराएको र त्यसवापत २ करोड रुपैयाँ लिएका थिए । फ्लाइ दुबईबाट एक पटकमा १५ देखि २० किलोसम्म सुन आउने गरेकोमा भरियालाई खत्रीको योजनामा प्रहरीले पास उपलब्ध गराउने विनाचेकजाँच उनकै कार्यकक्षमा सुन पुगेर त्यहाँबाट बाहिरिने गरेको थियो ।

खत्रीकोमा छाडिएको सुन प्रहरीले अनुकुल समय मिलाएर बाहिर निकाल्ने गरेको गोरेको बयान छ । गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे । अदालतको आदेशपछि खत्रीले आफूलाई झुम्का कारागार लैजान माग गरेका थिए । यसअघि सुनकाण्डमा पक्राउ परेर पुर्पक्षको लागि कारागार चलान भएका २९ अभियुक्तमध्ये गोरे बाहेक सबै २८ जनालाई झुम्का कारागारमा राखिएको छ । अदालतले भने मोरङ कारागारमा ठाउँ नभएको खण्डमा मात्रै उनलाई पठाउने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top