विराटनगर, जेठ १८
गृहमन्त्री रामवहादुर थापाले सवै प्रकारका सिण्डिकेट अन्त्य गर्न सरकार कठोर भएर लाग्ने बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टरले विराटनगरमा शुक्रबार गरेको सयुक्त पत्रकार सम्मेलनमा उनले शिक्षा, स्वास्थ्य, कृषि तथा उधोगलगायत हरेक क्षेत्रमा हुने सेण्डिकेट चाडै अन्त्य हुने बताएका हुन् ।
मुलुकका बिभिन्न क्षेत्रमा मौलाएको सेण्डीकेट अन्त्यका लागि सरकारले कसैसंग सम्झौता नगर्ने उनले वताए । गृहमन्त्री थापाले कानुन कार्यान्वय सरकारले गर्ने भएपनि कानुन भने हातमा नलिएको वताए । बैदेशिक रोजगार,उद्योगलगायत जुनसकै क्षेत्रमा हुने सेण्डिकेट,काट्लिङको बिरुद्ध सरकार लाग्ने गृहमन्त्री थापाले वताए ।
गृहमन्त्री थापाले ठेकेदारहरुले समयमै काम नगर्नेलाईे कार्वाही गनै कुरा बजेट भाषणमा अर्थमन्त्रीले भनिसकेकाले कानुन विपरित कामगर्ने जो कोहीलाई पनि गृह मन्त्रालयले कानुनको कठघरामा उभ्याउने बताए ।
कामको जिम्मा लिने र समयमा काम नगर्ने यो प्रवृति अब अन्त्य हुने उनको भनाई थियो । गृहमन्त्री थापाले सम्वृद्धि नेपाल र सुखी नेपाली बनाउने अभियान शुरु भईसकेकाले त्यसका लागिपनि कानुनका पालना आवश्यक रहेको वताए। शान्ति र स्थायित्व कायम गर्दै विकासलाई शुनिश्चित गर्न सरकार लागि परेको उनले वताए ।गृहमन्त्री थापाले प्रदेश सरकारलाई वलियो वनाउन सरकारले प्रशस्त वजेट विनियोजित गरेको समेत जानकारी गराए।