रकम असुल्नेमाथि कारवाही गर्न मोरङका बाढी पीडितकाे माग

१८ जेठ ७५, शुक्रबार
Share this
779shares

विराटनगर, जेठ १८
जनताको सेवा गर्छु भनेर जनताको मतबाट विजयी बनेका जनप्रतिनिधिले नै बाढी पीडितसँग रकम असुल्न थालेपछि कसको के लाग्छ र ?

Advertisement

मोरङ रंगेली नगरपालिका– ४ का बाढीपीडितले यस्तो गुणासो गरेका हुन् ।

पीडितद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सोही नगरपालिका–४ का वडाध्यक्ष गोविन्दा मण्डलले आफूहरुसंग बाढीपीडितका लागि राहतस्वरुप आएको रकम उपलब्ध गराएवापत केहि रकम मागेको गुणासो व्यक्त गरे ।

Advertisement

गएको वर्षमा बाढीबाट पीडित भएका परिवारलाई सरकारले प्रतिपरिवार रु २५ हजार उपलब्ध गराएकोमा पीडितबाट वडाध्यक्षले परिवार हेरी रकम असुलेको र कसैलाई भनेमा अब आउने राहत रु ५० हजार नदिने भन्दै रकम असुलेको पीडित जुलाई मण्डलले जानकारी दिए । उनले आफूसँग रु पाँच हजार वडाध्यक्षले लिएको पनि बताए ।

यसैगरी, पीडित भूपेन्द्र क्रिषिदेवसँग रु ५००, सुनिता देवी क्रृषिदेवसँग रु सात हजार र पारोदेवी क्रृषिदेवसँग रु दुई हजार असुलेको सो अवसरमा बताइयो ।

Advertisement

जनप्रतिनिधिले जनताको पक्षबाट वकालत गर्नु पर्नेमा उल्टै भ्रष्ट आचरण देखाउने यस्ता जनप्रतिनिधिलाई सत्यतथ्य पत्ता लगाई कडा कारवाहीका लागि पहल गरिदिन पीडित अवधेश मण्डलले पत्रकारसंग आग्रह गरे ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top