उपराष्ट्रपति पेन्सले मानेनन् ट्रम्पलाई बर्खास्त गर्न

२९ पुस, एजेन्सी ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्।

तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव दर्ता भएका बेला उपराष्ट्रपति पेन्सले आफू संविधानको २५ औँ संशोधन सक्रिय पार्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन्।

सभामुख न्यान्सी पेलोसीले उपराष्ट्रपति पेन्ससँग २५ औँ संशोधनको व्यवस्था सक्रिय पारेर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने पक्षमा रहे–नरहेको जानकारी दिन पत्र पठाएकी थिइन्।

Advertisement

त्यसको जवाफमा उपराष्ट्रपति पेन्सले आफू त्यसको पक्षमा नरहेको जानकारी गराएको समाचार संस्था रोयटर्स र सिएनएनले जनाएका छन्।

तल्लो सदनमा महाअभियोग प्रस्तावमाथि बुधबार मतदानको तयारी हुँदैछ। तल्लो सदनबाट महाअभियोग सम्बन्धी प्रस्ताव पारित भएमा दोस्रो पटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति बन्ने छन् ट्रम्प।

Advertisement

गएको बुधबार संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि आफ्ना समर्थकलाई उक्साएको र बिद्रोहको अवस्था निम्त्याएको अभियोग ट्रम्पमाथि छ।

संविधानको २५ औँ संशोधनको सेक्सन ४ मा उपराष्ट्रपतिले बहुमत मन्त्रीहरुको साथमा राष्ट्रपतिलाई शक्तिहिन गर्न सक्ने व्यवस्था रहेको छ।

संसद भवनमा भएको बिद्रोह तथा आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएपछि ट्रम्पलाई राजीनामा गर्न वा उपराष्ट्रपति पेन्सलाई संवैधानिक व्यवस्था अनुसार सत्ता आफ्नो हातमा लिन दबाब परिरहेको छ।

यी दुवै विकल्प सक्रिय नभएको अवस्थामा महाअभियोग लगाउने तयारी भएको हो। सो अनुसार अब सदनमा महाअभियोग प्रस्तावमाथि मतदान हुने भएको छ।

पेन्सले तल्लो सदनलाई पठाएको पत्रमा कार्यकालको मात्रै ८ दिन बाँकी हुँदा राष्ट्रपतिलाई हटाउनु देशको हितमा नहुने र संविधानको व्यवस्थाले पनि त्यसलाई साथ नदिने दाबी गरिएको छ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top