कोरोना खोप कोषमा रकम जम्मा गरिदिन दाताहरुलाई सरकारले गर्यो आह्वान

२९ पुस, काठमाडौँ ।
कोरोनाविरुद्धको खोप खरिद गरी निःशुल्क वितरण गर्न भन्दै सरकारले दाताहरुसंग आर्थिक सहयोगको अपिल गरेको छ ।

Advertisement

सम्पूर्ण नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क दिने घोषणा गरेको सरकारले बुधबार सार्वजनिक सूचना जारी गरी आर्थिक सहयोग माग गरेको छ । सूचनाको भाषाले भने सरकारले लक्षित समूहहरुलाई मात्र निःशुल्क खोप दिने र अन्यलाई भने शुल्क लिने अभिप्राय रहेको सन्देश दिन्छ ।

यद्यपि सूचनामा लक्षित समूहका बारे थप स्पष्ट पारिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचनामार्फत दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्था एवं फिल्यान्थ्रोपिक एसोसियसनलाई खोप कोषमा योगदान गर्नका आह्वान गरेको हो ।

Advertisement

गोरखापत्रमा प्रकाशित सूचनामा मन्त्रिपरिषदको कात्तिक २४ गतेको निर्णय अनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगको लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरुलाई निःशुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक भएको उल्लेख छ ।

यसअघि सबैलाई निःशुल्क खोप दिइने जानकारी दिँदै आएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचनामा भने ‘लक्षित सूमहहरुलाई निःशुल्क खोप उपलब्ध गराउन’ भनेर स्पष्ट पारेको छ ।

Advertisement

सरकारले यसअघि पनि कोरोना संक्रमण भएको पत्ता लगाउन गरिने पीसीआर परीक्षण सबैलाई निःशुल्क हुने बताए पनि केही समयपछि शुल्क निर्धारण गरेको थियो । यस्तै सरकारले कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने पनि बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top