×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026

दुई कोरियाबीच उच्चस्तरीय बैठक हुदै

१८ जेष्ठ २०७५

सोल, जेठ १८
उत्तर र दक्षिण कोरियाको मन्त्रीस्तरको उच्चस्तरीय बैठक शुक्रबार बस्ने भएको छ । यसअघि उत्तर कोरियाले एकतर्फी रुपमा सो वार्ता स्थगित गरेको थियो ।

शुक्रबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा सो बैठक बस्ने भएको हो । उत्तर र दक्षिण कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो बैठक यसअघि उत्तर कोरियाले एकतर्फी रुपमा अकस्मात स्थगित भएको जानकारी दिएको थियो ।

Advertisement

उत्तर कोरियाले दक्षिण कोरियामा जारी रहेको दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यासको विरोधगर्दै सो बैठक नबस्ने जनाएको थियो ।

तर त्यसयता भने यी दुई देशबीचको सम्बन्धमा सुधार आएको बताइएको छ । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल यस वार्ताका लागि उक्त पानुमजोम भिलेज पुगेको छ ।

सोही प्रतिनिधिमण्डलले उच्चस्तरीय बैठक पनि आयोजना गर्ने सहमति गरेको थियो । यो बैठका दुई कोरियाका मन्त्रीस्तरमा हुने समाचारमा जनाइएको छ ।

दुई कोरियाबीच गत अप्रिल २७ मा शान्ति सम्झौता भएको थियो । तर पछि परिस्थितिमा सकारात्मक परिवर्तन आएको छ ।

मे २५ मा यी दुई शका उच्च नेताहरु दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच पुनः भेटवार्ता भएको थियो ।

त्यस भेटमा दुई देशको अघिल्लो शान्ति सम्झौताको कार्यान्वयन गर्ने र अमेरिकासँगको उत्तर कोरियाको वार्ताका लागि सकारात्मक वातावरण बनाउने विषयमा सहमति भएको बताइएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ । त्यसअघि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुबीचको यस बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

यस वार्ता दुई देशको मन्त्रीस्तरमा हुने भएको हो । वार्ताका लागि पानुमजोम जानुअघि सम्वाददाताहरुसँग दक्षिण कोरियामा एकता मन्त्री च्यो म्यान गोले भने– हामीले आगामी अमेरिका उत्तर कोरिया वार्ता र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक छलफल गर्नेछौँ ।

उत्तर कोरियाली नेता मस्को जाने

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार उत्तर कोरियाली नेता किम जोङ उन शिखर वार्ताका लागि रुसी राजधानी मस्को जाने भएका छन् ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटीनसँग भेटवार्ता गर्नेछन् । उनले अमेरिका र उत्तर कोरियाबीच आगामी महिना हुन लागेको शिखर वार्ताको विषयमा कुराकानी गर्नेभएका छन् ।

यसै प्रयोजनका लागि रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ पनि बिहीबार उत्तर कोरिया पुगेका थिए । त्यसपछि नेता किम नै रुस जाने यो घोषणा आएको हो ।

लाभरोभ उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्न त्यहाँ पुगेका हुन्। उनीहरुले यस विषयमा कुराकानी गरेका छन् ।

उक्त विज्ञप्तिमा विदेशमन्त्री लाभरोभले आफ्ना उत्तर कोरियाली समकक्षी रि योङ हिसँग द्विपक्षीय वार्ता गरेका छन्। उनको आमन्त्रणमा विदेश मन्त्री लाभरोभ त्यहाँ पुग्नु पुगेका थिए ।

Advertisement

उत्तर कोरियाली समाचार संस्थाका अनुसार उत्तर कोरियाली नेता किम केही दिनमा त्यसतर्फ लाग्नेछन् ।
तर उनी कहिले मस्को जान्छन् भन्ने बारेमा भने सो समाचार समितिले केही खुलाएको छैन ।
रासस

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top