×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

ओलीले डमरु बजाउँदै केन्द्रीय सदस्य बाँडिरहेका छन् : माधव नेपाल

२९ पुस, काठमाडाैँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षिय नेताकार्यकर्तालाई आफ्नो पार्टीमा आउन आव्हान गरेका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला कमिटीद्धारा आयोजित कार्यकता भेलामा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टी मुल पार्टी भएकाले प्रधानमन्त्री केपी ओलीपक्षका नेता कार्यकर्तालाई यसैमा गोलबद्ध हुनआग्रह गरेका हुन् ।

ओलीसँगको लडाइँ पद र प्रतिष्ठाको नभई विचार, नीति र पद्धतिको भएको भन्दै उनले आफुहरु पार्टीमा परिपाटी स्थापित गर्न लडेको बताए । पार्टीको बहुमत आफुहरुसँग भएको तथा ओलीलाई अनुशासनको कारबाही गरिसकेको उल्लेख गर्दै अध्यक्ष नेपालले ओलीसँग असल कार्यकता अन्त्यन्तै कम रहेको दाबी गरे । आफ्नो पार्टीमा आउनेहरुको उचित मुल्यांकन र सम्मान गरिने उनको भनाई छ ।

Advertisement
Advertisement

उनले कतिपय कार्यकर्ताले पार्टीको आधिकारिकता प्रतिक्षा गरिरहेको भन्दै आधिकारिक पार्टी आफुहरु नै हुने दाबी गरे । सुर्य चिन्ह आफुहरुले नेतृत्व गरेको नेकपासँगै हुने भन्दै उनले भ्रममा नपरी आफ्नो पार्टीमा लाग्न आव्हान गरे । प्रधानमन्त्री ओलीको देशलाई संकटमा पुराउने चाहाना रहेको अध्यक्ष नेपालको भनाई छ । बैशाखमा निर्वाचन नहुने उनले बताए । प्रतिनिधि सभा विघटनको कदम विरुद्ध अपार समर्थन पाएको भन्दै उनले प्रधानमन्त्री ओली सबै हिसाबले एक्लिनुभएको बताए । आफुहरु पद प्राप्तिको लागि नभई नागरिक जिम्मेवारी र कम्युनिष्ट कर्तव्य निर्वाह गर्नको निम्ति संघर्षको मैदानमा उत्रिएको उनको भनाई छ । प्रधानमन्त्री ओलीले डमरु बजाउँदै केन्द्रीय कमिटी सदस्य बाँडिरहेको भन्दै उनले ओलीको पार्टी सडकको धुलोमा परिणत हुने दाबी गरे ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले सर्वसत्तावादी र निरंकुश चरित्र देखाएको आरोप लगाए । नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्नुपर्नेमा त्यसो नगरिएको उनको भनाई छ । मन्त्रीहरुको अधिकार खोसेर मन्त्रीहरुको अपमान गरिएको तथा सचिवहरु मार्फत सरकार चलाउन थालेको उनको भनाई छ । ओलीले मदन भण्डारी फाउन्डेशन मार्फत पार्टीमा समानान्तर गतिविधि विगतदेखि नै निरन्तर चलाइरहेको र नयाँ पार्टी बनाउने अभ्यास पहिलेदेखि नै शुरु गरेको उनले बताए । पार्टीलाई विधिमा चलाएर नेपाली राजनीतिको बलियो खम्बाको रुपमा पार्टीलाई स्थापित गराउँ भन्ने आफुहरुको प्रस्ताव प्रधानमन्त्री ओलीले नमानेको उनको भनाई छ । एकिकरणको यस अवधिमा पार्टी विचारको आधारमा नचलेको, नेता कार्यकतालाई संगठित नगराइएको उनले बताए ।

Advertisement

अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक योगदानको सम्बन्धमा प्रश्न पनि उठाएका छन् । उनले ओलीलाई विध्वंसकारी मान्छे भन्दै कहिल्यै पनि बनाउने काम नगरेको टिप्पणी गरे । झापा देखि जेल हुँदै जेलबाट निस्किएपछि पनि पार्टीमा समस्या मात्रै खडा गरेको उनले जिकिर गरे । प्रधानमन्त्री ओलीसँग सिर्जनात्मकता नभएको र उनी विघटनको प्रतिकको रुपमा रहेको अध्यक्ष नेपालको भनाई छ । प्रधानमन्त्री ओलीले पार्टीमा सधै बेइमानी र जालझेल गरेको उनले बताए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top