बडाध्यक्ष र सदस्यहरुले नै राहत रकममा कमिशन लिएको खुलासा

विराटनगर,जेठ १८
माेरङकाे रंगेली नगरपालिका वडानम्बर–४ का बडाध्यक्ष र सदस्यहरुले बाढी पीडितकालागि राहतस्वरुप आएको रकमबाट कमिशन असुल्ने गरेको खुलासा भएको छ ।

राहत रकम उपलब्ध गराउन सहयोग गरिदिएवापत उनिहरुले रकम असुल्ने गरेकाे खुलेकाे हाे ।

कमिशन बुझाउन बाध्य भएका बाढी पीडितहरुले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर सो बिषयमा जानकारी गराएका हुन ।
रंगेली नगरपालिका वडानम्बर ४ का वडाध्यक्ष भुपेन्द्र मण्डलले वडासदस्य गोबिन्दा मण्डल मार्फत पीडितकालागि आएको राहत रकमबाट कमिशन उठाउने गरेको बताएका छन ।

Advertisement

बाढी पीडितकालागि पछिल्लो समय सरकारबाट घर बनाउनकालागि उपलब्ध गराइएको प्रति परिवार २५ हजारको राहत रकमबाट १ हजारदेखि १० हजारसम्म कमिशन उठाउने गरेको पत्रकार सम्मेलनमा आएका पीडितहरुले खुलासा गरेका छन । रंगेली ४ का ८० बर्षिय अति विपन्न बुलाई मण्डलले २५ हजारको राहत रकमबाट आफुलाई ५ हजार बुझाउन बाध्य पारिएको बताए ।

सोहि ठांउकी सुनिता ऋषिदेवले आफुसंग ७ हजार रकम असुलिएको गुनासो गरिन् । सुनिताकी बुहारी पारोदेवि ऋषिदेव समेत सोहि वडाको सदस्य रहेका कारण उनलाई समेत २ हजार भाग लगाईएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

Advertisement

पत्रकार सम्मेलनमा समेत आएकी वडासदस्य पारो ऋषिदेवले आफुलाई २ हजारको भाग लगाईएपनि आफ्नै सासुको भागको रकम नलिने भन्दै सुनितालाई नै फिर्ता गरेको जानकारी दिए । सो वडाका वडाध्यक्ष र वडासदस्यहरुले आपसी मिलेमतोगरि यसअघि आएको तत्कालिन राहत रकमबाट समेत बाढी पीडितको भागबाट रकम असुलेको पीडितहरुले जानकारी दिएका छन ।

बाढी पीडितलाइ घर बनाउनकालागि पछिल्लो पटक आएको २५ हजारको रकमबाट उनिहरुले प्राय सबैबाट रकम असुलेको पीडितहरुको दाबी छ । यता सो बिषयमा टेलिफोनमा प्रतिक्रिया दिँदै आरोप लगाइएका वडाध्यक्ष भुपेन्द्र मण्डलले आफुले कुनैपनि ब्यक्तिसंग रकम असुल्न नलगाएको दाबी गरे ।

अन्य सदस्यहरुले के गरे बिषयमा छानबीन हुनुपर्ने बताउदै उनले विपक्षिहरुले अनावश्यकरुपमा आफुलाई विवादमा तान्ने प्रयास गरिरहेको दाबी समेत गरे । रंगेली नगरपालिकाको सो वडामा ६५ जना पुर्ण र २१३ जना आंशिक बाढी पीडित भएको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top