×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

गुमनाम अन्नपूर्ण आधार शिविर

३ माघ २०७७

३ माघ, म्याग्दी ।

 सत्तरी वर्षअघि फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेकेर इतिहास बनाए । सन् १९५० को जुन ३ मा हर्गोजले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो पटक सफल आरोहण गरेर कीर्तिमान बनाएपछि फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो । हर्गोजको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तर्राष्ट्रियकरण भयो ।

Advertisement
Advertisement

म्याग्दीको अन्नपूर्ण–४ स्थित अन्नपूर्ण नर्थ (उत्तरी) आधार शिविरबाट आरोहण शुरु गरेका थिए हर्गोजले । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्ला समेटेको अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको भूगोलमा पर्छ ।

विश्वमा हिमाल आरोहणको इतिहाससँग जोडिएको म्याग्दीको अन्नपूर्ण आधार शिविर अझै गुममान छ । यसै हिमाललाई समेटेर २१ दिन लामो अन्नपूर्ण पदयात्रा दशकौँदेखि सञ्चालन हुँदै आएको छ । तर यस आधार शिविरमा बल्ल पर्यटक फाट्टफुट्ट जान थालेका छन् ।

ट्रेकिङ एजेन्सिज एशोसीयसन (टान) का गण्डकी प्रदेश अध्यक्ष शुशिल पौडेल खोज अनुसन्धान, पुर्वाधार र प्रचारप्रसारको कमीले ऐतिहासिक नर्थ अन्नपूर्ण आधार शिविर ओझेलमा परेको बताउँछन् । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ ।

“सत्तरी वर्षअघि हर्गोजले इतिहास रचेको त्यो ठाउँ अहिलेसम्म पहिचान हुन सकेको रहेनछ”, हालै आधार शिविर पुगेर फर्किएका पौडेलले भने, “पोष्ट कोभिडपछिको पर्यटनका लागि नर्थ अन्नपूर्ण बेसक्याममा क्याम्पिङ टे«क गर्ने पर्यटक भित्र्याउन लागेका छौं ।” हर्गोज कालीन जस्तै कठिन रहेकाले अन्नपूर्ण प्रथमको आधार शिविर पदयात्रामा नयाँ ब्राण्ड हुने पर्यटन बोर्डका व्यवस्थापक बिमल कँडेलले बताए । “पुराना पदमार्ग सडकले बिस्थापित भएका छन्”, उनले भने, “थप पूर्वाधार निर्माणसँगै प्रचारप्रसार गरेर सडकका कारण छोटिएको पदयात्रा पर्यटनलाई यसतर्फ आकर्षित गराउन सकिन्छ ।”

कास्कीको एबिसी क्याम्पलाई अन्नपूर्ण आधार शिविर बुझ्ने र त्यहीअनुसारको प्रचार गरिएका कारण नर्थ अन्नपूर्ण आधार शिविर गुमनाम भएको हो । यसअघि मुस्ताङको ताक्लुङ हुदै जङ्गल, भिर, पहराको जोखिमयुक्त बाटोमा करिब एक हप्ता पैदल हिँडेर अन्नपूर्ण आधार शिविर पुग्नुपर्दथ्यो । वर्षमा १० देखि १५ समूह आरोहणका लागि अन्नपूर्ण आधार शिविर पुग्छन् । पदमार्ग खुलेपछि आरोही र पर्यटकका खाद्यान्न, बन्दोबस्तीका सामान भरियाले लैजान थालेका छन् । पर्यटक भने हेलिकोप्टर चार्टर गरेर सीधै आधार शिविर पुग्छन् । पर्यटकलाई पनि पैदलमार्गबाट आधार शिविर जाने वातावरण बनाउन पहल गरिएको बताइएको छ ।

नारच्याङका अगुवाहरुले विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य पहिचान गरेका थिए । आरोहणको सत्तरी वर्षपछि नर्थ अन्नपूर्ण बेसक्याम्प पदमार्गले जोडिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । “अन्नपूर्ण हिमालको प्रथम आधार शिविर म्याग्दीमा पर्छ भन्ने तथ्य नौ वर्षअघि पत्ता लागेको थियो”, गुरुङले भने, “यसको विकास र प्रर्वद्धन हुन नसक्दा म्याग्दीबासीका लागि यो हिमाल आफ्नै शिरको टोपी चिन्न नसके सरह भएको छ ।”

भौगोलिकरुपमा विकट क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर राज्यको उपेक्षाको शिकार भएको स्थानीय अगुवा सुवास विश्वकर्मा बताउँछन् । “पूर्वाधार, पहिचान र प्रवद्र्धनमा ध्यान नदिदा अन्नपूर्ण हिमालको पर्यटन विकास हुन सकेन”, विश्वकर्मा भन्छन्, “प्राकृतिक सौन्दर्यले भरिपूर्ण र सम्भावना भएर पनि अन्नपूर्ण आधार शिविर ओझलमा पर्नु दुःखको विषय हो ।”

यही हिमालको नामबाट अन्नपूर्ण गाउँपालिकाको नामाकरण भएको हो । प्रथम आरोहीको सम्मानमा नारच्याङदेखि अन्नपूर्ण बेसक्याम्प जोड्ने यो पदमार्गलाई ‘मौरिज हर्गोज टे«क’ नामाकरण गरिएको छ । आधार शिविरलाई आधारभूतस्तरको पदमार्गले जोडेर पर्यटक भित्र्याउन पर्यटन बोर्ड र टानसँग समन्वय गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । ‘‘नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यो पदमार्ग सञ्चालन गर्ने तयारी कोरोनाले प्रभावित बनायोे,’’ उनले भने, “अबको यामदेखि पर्यटकलाई अन्नपूर्ण आधार शिविर लैजान पहल गरेका छौँ ।”

नारच्याङदेखि मिस्त्री खोलाको किनारै–किनार आधार शिविर जोड्ने पदमार्ग तयार भएको छ । अक्करे पहाड काटेर मानिस हिड्ने बाटो बनाएका छन् । कतिपय ठाउँमा काठमा टेकेर पहाड पार गर्नुपर्ने अवस्था छ । गाउँपालिकाले पदमार्गको नक्सा तयार पारेको छ । गत माघ महिनामा पदमार्गको प्रचारप्रसारका लागि नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सञ्चालन भएको थियो । पर्यटन विभागले पदमार्ग स्तरोन्नतिका लागि ठेक्का लगाइसकेको छ ।

आधारभूतस्तरको पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिडी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि बास बस्ने स्थान ‘सेल्टर’ निर्माण भएको छ । होटल तथा लज नभएकाले क्याम्पिङ पदयात्रा गर्नुपर्ने अवस्था रहेको छ । ‘पोष्ट कोभिड’ पर्यटनका लागि क्याम्पिङ टे«कको रुपमा नर्थ अन्नपूर्णलाई विकास गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबिन सुवेदीले बताए ।

‘‘पदमार्ग स्तरोन्नति र खोलाहरुमा झोलुङ्गे पुल निर्माण तथा आश्रयस्थल बनाउनुपर्ने देखिएको छ”, उनले भने, “बिद्युत, सञ्चार सुबिधाको बिस्तार र खानेपानीको व्यवस्थापन गर्न लागेका छौं ।” नारच्याङदेखि छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गको आकर्षण हो । फराकीलो फाँट भएकाले दुर्घटनाको जोखिम कम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ ।

नारच्याङको बेसी गाउँदेखि छोटेपासम्म निलगिरि जलविद्युत आयोजनाले लगेको सडक निलगिरि र अन्नपूर्ण खोलाको दोभान हुमखोलासम्म पुर्याउँदैछ । हुमखोलादेखि एक दिनमा भुसकेत र अर्को दिन आधार शिविर पुग्न सकिन्छ । समुद्री सतहदेखि चार हजार ५०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृष्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण, फ्रेन्क, तिलीचो र निलगिरि हिमालको फेदीमा निलो रंग र गोलो आकारको तलाउ छ । सुख्खा र उजाड पहाडको बीचमा रहेको तालमा हिमालको छायाँ हेर्न सकिन्छ । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । यो ताल करिब एक किलोमिटर लम्बाई र पाँच सय मिटर चौडाइमा फैलिएको छ । अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर प्राकृतिक हिमताल बनेको हो । तालको सौन्दर्यले मोहित र प्रफुल्लित बनाउछ । ताल र हिमाल हेरेपछि पदयात्राको दुःख कष्ट भुलाउँछ ।

अन्नपूर्ण आधार शिविरस्थित पञ्चकुण्ड नारच्याङ तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ तर पूर्वाधार र प्रचारप्रसारको अभावका कारण तालको विकास हुन सकेको छैन । अन्नपूर्ण, फ्रेन्क, तिलीचो र निलगिरि हिमालको फेदीमा निलो रंग र गोलो आकारको तलाउ छ । यो तलाउको गहिराइको मापन हुन सकेको छैन ।

सुख्खा र उजाड पहाडको बीचमा रहेको तालमा हिमालको छायाँ हेर्न सकिन्छ । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । प्राकृतिक र धार्मिक महत्वका बारेमा प्रचारप्रसार हुन सकेको छैन । न्युन मात्रामा भक्तजन र पर्यटक पुग्ने गरेका नारच्याङका चन्द्रजित पुनले बताए ।

‘‘यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध, स्वर्ण गरि पाँच छुट्टाछुट्टै ताल छन्,’’ पुनले भने– ‘‘यो तालको धार्मिक महत्वका बारेमा धार्मिक ग्रन्थ पञ्चरामायणमा उल्लेख छ ।’’ परापूर्व कालमा कागभुसिन्दा नाम गरेका एक जना ऋषीले तपस्या गरेर ज्ञान आर्जन गरेर यो तालको बारेमा विभिन्न ठाउँमा प्रचारप्रसार गरेका थिए । पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । ताललाई धार्मिक गन्तव्यको रुपमा विकास गराउन शिव मन्दिर र वौद्ध गुम्बा समेत निर्माण गरिएको छ ।

विघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माणका लागि पर्यटन विभागले रु तीन करोड भन्दाबढी बजेट बिनियोजन गरेर पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता गरेको जानकारी दिए ।

ठेकेदारले काम शुरु गरिसकेको उनले जानकारी दिए । पाँच ठाउँमा पोटर सेन्टर, खानेपानी र शौचालय निर्माण हुने भएको छ । हुमखोलादेखि आधार शिविर सम्मको विभिन्न ठाउँमा पाँच किलोमिटर पदमार्ग निर्माण हुने थापाले बताए । साथै यसमा दुई मिटर फराकिलो सिँढी र रेलिङसहितको पदमार्ग बनाइने जनाइएको छ ।

पर्यटन मन्त्रालयले म्याग्दीकै धवलागिरी हिमालको आधार शिविर हुदै मुस्ताङको मार्फा निस्कने पदमार्गमा पूर्वाधार निर्माणमा बिनियोजन गरेको रु चार करोड बजेट कार्यान्वयनका लागि ठेक्का आह्वान गरिसकेको छ । “अन्नपूर्ण आधार शिविरलाई नयाँ र धवलागिरीलाई स्थापित पर्यटकीय गन्तव्यमा सूचिकृत भएको छ,” उनले भने “पैदलमार्ग बनाउने, पुल हाल्ने, पोर्टर सेल्टर बनाउनेलगायतका काम गर्न बजेट बिनियोजन भएको हो ।”

Advertisement

संसारको सातौँ अग्लो धौलागिरी हिमालको आधार शिविर धवलागिरी गाउँपालिकाको वडा नं ४ मुदीको भूगोलमा पर्छ । मुदी हुदै आधार शिविरका साथै मुस्ताङको मार्फासम्मको पदमार्गलाई स्तरोन्नति गरेर पर्यटक सहजरुपमा आवतजावत गर्न मिल्ने बनाउन लागिएको हो । आधार शिविर जोड्ने पदमार्गमा पूर्वाधार बनाउन पहिलो पटक ठूलो मात्रामा बजेट व्यवस्थापन गरेर काम हुन लागेको हो ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top