चीनको सिनोफार्म खोपलाई पनि आपत्कालीन प्रयोगका लागि अनुमति दिने तयारी

४ माघ, काठमाडौँ ।

Advertisement

सरकारले चीनको सरकारी कम्पनीद्वारा निर्मित कोभिड–१९ विरुद्धको खोपलाई पनि आपत्कालीन प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ । विभागले चीनको सिनोफार्मको खोपलाई पनि अनुमति दिने तयारी गरेको हो ।

विभागले भारतमा निर्मित कोभिसिल्ड खोपलाई शुक्रबार अनुमति दिएको थियाे । भारतमा बनेका ‘कोभिसिल्ड’ र ‘कोभ्याक्सिन’ तथा चीनको ‘सिनोफार्म’ ले आपत्कालीन प्रयोगका लागि विभागमा निवेदन दिएका थिए ।

Advertisement

आपत्कालीन उपयोगको पहिलो अनुमति पाएको २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने अक्सफोर्ड–अस्ट्रेजेनेकाको ‘एजेडडी १२२२’ खोपलाई सिरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा कोभिसिल्डको नाममा उत्पादन गरेर तेस्रो चरणको परीक्षण पूरा गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top