×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विद्यार्थीमा भौतिक दुरी कायम गर्दै काठमाडौंका विद्यालय खोलिए

४ माघ, काठमाडौं । कोभिड १९ को कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन् ।

कोभिड १९ संक्रमणको कारण गत चैत्र ११ गतेदेखि लकडाउन भएपछि बन्द रहेका काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि भौतिक रुपमै उपस्थित भई विद्यालय सञ्चालन भएका छन् ।

Advertisement

काठमाडौँ महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयले विद्यार्थीहरुको उपस्थितिमा भौतिक रुपमा विद्यालय खोल्न सकिने बताएपछि आइतबारदेखि महानगरपालिका भित्रका केही विद्यालय खुलेका हुन् ।

कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेर विद्यार्थीहरुको चाप घटाएका छन् । विजय स्मारक माध्यामिक विद्यालयका प्रध्यानाध्यापक डिल्लीप्रसाद शर्माले आइतबारदेखि आफ्नो विद्यालय भौतिक रुपमा पठन पाठन गर्नेगरी खुलेको जानकारी दिए ।

नर्सरीदेखि कक्षा ५ सम्म एक सिफ्ट र ५ कक्षादेखि १० कक्षासम्म अर्को सिफ्ट गरी विद्यालय सञ्चालन गरीने प्रधानाध्यापक शर्माले बताए ।

काठमाण्डौका केही विद्यालयहरु आइतबारदेखि खुलेपनि सम्पूर्ण विद्यालय खुल्न भने अझै केही दिन लाग्ने भएको छ । कतिपय विद्यालयले भने पूर्वतयारी गरिरहेको र काठमाडौँ महानगरपालिकाको औपचारिक पत्र प्राप्त नगरेको भन्दै विद्यालय खोलिसकेका छैनन् ।

केही दिनपछि पठनपाठन सञ्चालन गर्ने उनीहरुको तयारी रहेको छ । रत्नराज्य माध्यामिक विद्यालयका प्रध्यानाध्यापक रामाशिस यादव शिक्षक र विद्यार्थी विद्यालय आउन उत्सुक भएपनि पूर्वतयारी गर्न समय लाग्ने भएकाले केही दिनमा विद्यालय खोल्ने बताए ।

Advertisement

कतिपय विद्यालयले अनलाइन प्रणालीमार्फत कक्षा सञ्चालन गरिरहेका थिए । भौतिक रुपमा विद्यालय सञ्चालन गरिएसँगै विद्यार्थीहरु मास्कको प्रयोगसहित विद्यालय जान थालेका छन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top