स्वचालित बत्ती जडानका लागि अध्ययन सुरु

काठमाडौँ : काठमाडौँ उपत्यकामा कृत्रिम वौद्धिकतामा आधारित स्वचालित विद्युतीय बत्ती जडान गर्न अध्ययन प्रक्रिया अगाडि बढाइएको छ । नयाँ प्रणालीको बत्तीले सडकमा सवारी साधन नभएको अवस्थामा पनि निर्धारण गरिएको समयानुसार नै साङ्केतिक चिह्न र बत्ती परिवर्तन गर्ने छ । सडकमा सवारी साधनको चाप हेरेर मेसिनले स्वतः साङ्केतिक चिह्न र बत्ती परिवर्तन गर्ने छ ।

सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रमअन्तर्गत उपत्यकामा ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ ट्राफिक लाइट जडान गर्ने उद्देश्यले अध्ययन र डिजाइन गर्न सडक विभागले परामर्शदाता नियुक्त प्रक्रिया अगाडि बढाइसकेको छ । नेपालमा पहिलो पटक ट्राफिक व्यवस्थापन गर्न यो प्रणाली जडान गर्न लागिएको होे ।

विभागका सवारी तथा ट्राफिक व्यवस्थापन शाखाका प्रमुख कृष्णनाथ ओझाले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाई सुरक्षित, व्यवस्थित र सहज बनाउन ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडान गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

Advertisement

उहाँले सो अध्ययन र डिजाइन गर्न परामर्शदाता कम्पनी छनोट गर्न बोलपत्र आह्वान गरिएकोमा आशय पत्र पेस गरेका कम्पनीको अहिले मूल्याङ्कन कार्य सम्पन्न भई सङ्क्षिप्त सूची तयार भइरहेको जानकारी दिनुभयो ।

सुरुमा चक्रपथभित्र यो ट्राफिक लाइट सिस्टम जडान गरिने बताउँदै शाखा प्रमुख ओझाले भन्नुभयो, “तीन चरणमा यो आयोजना सम्पन्न गरिनेछ । पहिलो चरणमा ४४ ठाउँमा जडान भई सञ्चालनमा आइसकेपछि दोस्रो चरणमा २९ ठाउँमा र तेस्रो चरणमा ७० ठाउँमा यो प्रणाली जडान गरिनेछ । ”

चालू आर्थिक वर्षमा यस आयोजनाका लागि डेढ करोड रुपियाँ विनियोजन गरिएको छ । यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा स्वचालित रूपमा बत्तीको व्यवस्थापन हुने शाखा प्रमुख ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले ट्राफिक बत्ती भएको ठाउँमा त्यसको समय मानिसले नै निर्धारण गर्नुपर्छ । ”, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top