विराटनगर,जेठ २०
गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सडकमा प्रदुषण मापन गर्ने यन्त्र मार्फत सवारी साधनबाट हुने प्रदुषणको छड्के जाँच गरेका छन् ।
गृहमन्त्री थापा र वन तथा वातावरण मन्त्री बस्नेत बिहान ७ बजे नै थापाथलीस्थित सडकमा प्रदूषण मापन गर्ने यन्त्र सहित छड्के जाँचमा निस्किएका थिए। उनीहरू गाउन र मास्क लगाएर सरकारी अधिकरीहरूसहित सवारी जाँचमा खटिएका थिए।
सरकारले सवारी साधनबाट हुने प्रदूषण मापन तथा नियमनमा कडाइ गर्ने निर्णय गरेको छ । त्यसको संकेत सरकारले आइतबार बिहानै काठमाडौंका सडकमा दिएको छ।
यातायात व्यवस्था विभागले सवारी प्रदूषण नियन्त्रणमा विशेष व्यवस्था गर्न लागेको सरकारी अधिकारीको भनाई छ ।
हावामा हुने धूलोको मात्रामा सावरी साधनले निकाल्ने धूलोको ३८ प्रतिशत हिस्सा छ। सावारी साधनले २ दशमलव ५ पिएम ९पार्टिकुलर म्याटर० को धूलो उत्पादन गर्छन्। मानव स्वास्थ्यका दृष्टिले सम्वेदनशील सानो धूलोका कण निकाल्ने भएकोले सरकारले प्रदूषण मापनमा कडाइ गर्न लागेको हो।
अहिले धूलो मापन गर्ने तीनवटा मात्र यन्त्र प्रयोगमा छन्। धूलो मापन गर्ने विशेष प्रकारका ४० वटा स्मोक एनालाइजरु यन्त्र सरकारले खरिद गरेको छ।