आगलागीबाट तीन लाखको क्षति

२० जेठ ७५, आइतबार
Share this
749shares

विराटनगर, जेठ २०
मोरङको बेलबारी–८ को बुधबारेमा शनिबार साँझ आगलागी हुँदा एक परिवारको रु तीन लाख मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ ।

Advertisement

सो आगलागीबाट कुमार थापाको काठ र टिनले बनेको दुईतले घर, घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र भाँडावर्तन जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

स्थानीय, प्रहरी र दमकलको मद्दतले आगलागी नियन्त्रणमा आएको थियो । विद्युत् सर्ट भएर सो आगलागी भएको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top