झापाबाट खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ

८ माघ ७७, बिहीबार

८ माघ, झापा। झापा कमल गाँउपालिका-६ का २० बर्षीय नवराज भट्टराई लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

Advertisement

हिजो दिउँसो साढे ३ बजे मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट भट्टराईलाइ नियन्त्रणमा लिईएको थियो।

नियन्त्रणमा पश्चात उनी उपर चेक जाँच गर्दा गुप्ताङमा लुकाई छिपाई राखिएको अवस्थामा २० ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।

Advertisement

उनी उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top