दाहाल–नेपालसमूहले चलचित्रमा जस्तै तमासा देखायाे : प्रधानमन्त्री ओली

८ माघ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वाम पार्टीबीच एकता गरेर बलियो शक्ति बनाउने प्रयास भए पनि सम्भव नभएको बताएका छन् ।

बिहीबार काठमाडौंमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेतृत्वमा रहेका नेताहरुले सत्ताको सपना देखेका कारण पार्टी विभाजनको अवस्थामा पुगेको उल्लेख गरे । ‘वाम पार्टी जोडेर एउटा मजबुत शक्ति बनाउने र देशलाई आधुनिक बनाउने योजना थियो,’ उनले भने, ‘तर, पार्टी त तपाईंहरुले देख्नुभयो । आँट नभएको, हुति नभएको र मन नभएको पार्टी भयो ।’

Advertisement

सत्ता स्वार्थका कारण सांसदको किनबेचदेखि समीकरण बनाउनेसम्मका खेलहरु भएको प्रधानमन्त्रीको भनाइ थियो । उनले संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, लोकतान्त्रिक प्रणलीलाई सही बाटोमा लैजान राजनीतिक लडाईं लडिरहेको बताए ।

प्रधानमन्त्री ओलीले नेकपाको दाहाल–नेपाल समूहले देशलाई अन्धकारतर्फ धकेल्ने कोसिस गरेको आरोप लगाए । दाहाल–नेपालसमूहले चलचित्रमा जस्तै तमासा देखाएको उनको टिप्पणी थियो । ‘देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ,’ उनले भने, ‘हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनो । हामी रातो झण्डा फहराउनेवालाहरु हौँ । काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ ।’

Advertisement

प्रधानमन्त्री ओलीले देशको ठूलो समस्या पित पत्रकारिता रहेको बताउँदै निष्पक्ष र तथ्यसहितको पत्रकारिता गर्न सुझाव दिए । ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गए । ‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार : स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा : प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका आयोजित सो भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top