दिल्लीलाई धन्यवाद दिँदै सन्दीपले भने- तीन वर्ष सम्झन लायक, अब नयाँ गन्तव्य मोडिएको छ

८ माघ ७७, बिहीबार

८ माघ, काठमाडौं ।

Advertisement

अस्ट्रेलियामा बिग बास क्रिकेट खेलिरहेका लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सलाई धन्यवाद दिएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले दिल्ली टिमलाई धन्यवाद दिएका हुन्।

 तीन सिजनसम्म दिल्लीको टिममा रहेका सन्दीपलाई दिल्लीले नयाँ सिजनअघि रिलिज गरेको छ । दिल्लीले नयाँ सिजनका लागि सन्दीपसहित ६ खेलाडी रिलिज गरेको हो ।

Advertisement

सन्दीपले अब नयाँ दिशामा अघि बढ्ने बताएका छन् । सन्दीपले फेसबुमा भनेका छन्, ‘मलाई विश्वास गरेर टिममा राखेकोमा दिल्ली परिवारलाई विशेष धन्यवाद छ। त्यो तीन वर्षे अवधि सम्झन लायक रह्यो। अब नयाँ गन्तव्य मोडिएको छ।’

लगातार तीन वर्ष दिल्लीको टिममा रहेका सन्दीपलाई अब नयाँ टिमबाट आईपीएल खेल्ने बाटो खुलेको छ । आईपीएलको १३ औं संस्करणमा सन्दीपले दिल्लीबाट एक खेल पनि खेल्न पाएनन् ।

Advertisement

सन् २०१८ को अक्सनबाट दिल्लीले भारु २० लाखमा सन्दीपलाई अनुबन्ध गरेको थियो । त्यसवर्ष सन्दीपले ३ खेल खेल्दै ५ विकेट लिएका थिए भने २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए । २०२० मा भने उनले कुनै खेल खेल्न पाएनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top