बाइडेन अमेरिकाको राष्ट्रपति भएकामा विश्वका नेताहरुबाट बधाई, कसले के भने ?

८ माघ ७७, शुक्रबार

८ माघ, पेरिस ।

संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई दिएका छन् ।

विगत चार वर्ष डोनाल्ड ट्रम्प प्रशासनका उतारचढाब झेलेका देशका नेताहरुले डेमोक्रेटिक पार्टीबाट निर्वाचित बाइडेनले सुझबुझपूर्ण व्यवहार गर्ने विश्वास लिएका छन् ।

Advertisement

युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिकेलले राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई ट्वीट मार्फत बधाई दिँदै भनेका छन्, “युरोपेली युनियन र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ हुनेछ ।”

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लियेनले भनेका छन्, “नयाँ बिहानी, नयाँ शुरुआतका लागि युरोप तयार छ ।” इरानका राष्ट्रपति हस्सन रौहानीले पनि ट्रम्पको पलायनबाट आफूहरु खुशी भएको बताएका छन् । उनले आणविक विषयलाई लिएर इरानमाथि ट्रम्पको कार्यकालमा लगाइएका आर्थिक नाकाबन्दीहरु फुकुवा हुने विश्वास व्यक्त गरेका छन् ।

Advertisement

उनले भने, “बाइडेन प्रशासनले गत चार वर्षमा इरानमाथि गरिएका अपराधलाई हटाउन मद्दत गर्ने विश्वास लिएका छौं । इरानसँग भएको आणविक सम्झौतामा अमेरिका पुनः फर्किने हामीले आशा गरेका छौं ।”

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दुई देशबीच लामो समयदेखि जारी मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति बाइडेनसमक्ष आग्रह गरेका छन् । उनले भिडियो सन्देशमार्फत भनेका छन्, “अमेरिका–इजरायल सम्बन्धलाई थप गति प्रदान गर्न आफ्नो मुलुक तयार छ । इजरायल र अरब मुलुकहरुबीच शान्ति कायम गर्ने प्रयास थप विस्तार हुने तथा इरानका तर्फबाट उत्पन्न त्रासलाई साम्य बनाउने चुनौतीलाई मिलेर सामना गर्न इजरायल प्रतिक्षारत छ ।”

नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गले उत्तर अमेरिका र युरोपबीचको मित्रता हाम्रो सुरक्षाको आधार हो, र बलियो नेटो युरोप र अमेरिका दुबैका लागि हितकर रहेको छ भनेका छन् ।

उनले नेटोका गठबन्धन मुलुकहरुले चीनको तिब्र विकास, अफगानिस्तान र इराक समेतमा आतंकवादको चुनौती तथा रसियाका गतिविधिमाथि विचार गर्न मिलेर जानुको विकल्प नरहेको बताए । पोप फ्रान्सिसले राष्ट्रपति बाइडेनलाई विश्वभर “भाइचारा र शान्ति” लाई प्रबद्र्धन गर्न आग्रह गरेका छन् ।

रसियाली राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले संयुक्तराज्य अमेरिकासँग साँचो अर्थमा मित्रवत सम्बन्ध स्थापना गर्न रसिया तयार रहेको बताएका छन् । रसियाली विदेश मन्त्रालयले जारी गरेको अर्को विज्ञप्तिमा हतियार नियन्त्रण सम्बन्धी आगामी वार्तामा बढी नै रचनात्मक पहल अमेरिकी नेतृत्वबाट प्रस्तुत हुने जनाएको छ ।

जर्मनीकी चान्सलर एन्जेला मर्केलले जर्मन–अमेरिकी मित्रता र सहयोगमा नयाँ अध्याय शुरु हुने अपेक्षा गरिएको भन्दै बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गरेकी छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले ट्वीट गर्दै भनेका छन्ः “अमेरिकी जनताका लागि यो विशेष अवसरका लागि बधाई र उत्तरोत्तर प्रगतिको कामना ।”उनले भने, “हामी सँगै, साथमा छौं । हाम्रो समयका चुनौतीको सामना गर्न हामी अझ बलियो हुनेछौं । हाम्रो पृथ्वीको रक्षा गर्न अझ बलियो हुनु पर्नेछ । पेरिस सम्झौतामा पुनः स्वागत छ ।”

डोनाल्ड ट्रम्पसँग निकै हिमचिम रहेको भनी आलोचित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि बाइडेनसँग निकट सम्बन्ध राखेर कार्य गर्न चाहेको बताएका छन्। उनले भनेका छन्, “कोभिड विरुद्धको संघर्ष, जलवायू, प्रतिरक्षा, सुरक्षा हाम्रा साझा मुद्दा हुन् । विश्वमा प्रजातन्त्रको प्रबद्र्धन र रक्षा गर्नु हामी दुबै मुलुकको लक्ष्य नै हो ।”

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि कोरोनाभाइरस, जलवायू परिवर्तन र आर्थिक पुनरुत्थानजस्ता मुद्दामा राष्ट्रपति बाइडेनसँग मिलेर कार्य गर्न आफू तयार रहेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन्, “संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिको शपथ लिनु भएकामा आफ्ना तर्फबाट बाइडेनलाई न्यानो बधाई । भारत–अमेरिका रणनीतिक सम्बन्धलाई थप बलियो बनाउन म तयार छु ।”

जापानका प्रधानमन्त्री योशिहिदे सुगा र दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले पनि राष्ट्रपति बाइडेनलाई कार्यकाल सफलताको बधाई दिँदै आ–आफ्ना मुलुकसँग अमेरिकाले पुरानो मित्रता यथावत रहने र थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

कुवेत, कतार, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरुले पनि बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई सन्देशहरु पठाएका छन् ।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि बाइडेनसँग मिलेर कार्य गर्न आफू अधैर्यपूर्वक प्रतिक्षा गरिरहेको बताएका छन् ।रासस–एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top