×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?

९ माघ २०७७

काठमाडौं: नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको छ ।

कांग्रेसले पहिलो चरणमा गत १३ पुसमा १६५ वटै प्रतिनिधिसभातर्फका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेकामा दोस्रो चरणअन्तर्गत २५ पुसमा ३३० वटै प्रदेश निर्वाचन क्षेत्र, ३ माघमा ७५३ वटै स्थानीय तहका पालिकाहरू तथा ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडामा संसद् विघटनविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

Advertisement

तर संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र हुँदै स्थानीय तहका केन्द्र र वडातहसम्म आन्दोलन गर्दा पनि पार्टीका बैठकमा जस्तै संसद् विघटनको मुद्दामा नेताहरू आन्दोलन र निर्वाचन भन्नेमा विभाजित मानसिकताबाट अघि बढेको देखिएको छ । यसबीचमा भएका विरोध सभामा पार्टीका संस्थापन पक्ष र इतर पक्षबीच दुई थरी मत देखिएको हो ।

पार्टीको संस्थापन पक्षका नेताहरू आन्दोलन पनि गर्ने र चुनावी तयारी पनि गर्ने भन्ने मानसिकतामा रहेको देखिन्छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरू भने संविधानमाथि नै प्रश्न उठेकाले पहिले संविधान जोगाएर मात्रै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउँदै आएका छन् ।

‘संसद् विघटनविरुद्धको आन्दोलनले नेता कार्यकर्ताहरूमा उत्साह थपेको छ । पार्टीलाई आन्दोलनले ऊर्जा दिएको छ र संसद् पुनस्र्थापना नहुँदासम्म आन्दोलन गरेरै अघि बढ्नुपर्छ भन्ने राय आन्दोलनबाट आएको छ,’ कांग्रेस वरिष्ठ नेता पौडेल भन्छन्, ‘कांग्रेसले आन्दोलनबाटै अब संविधानलाई बचाउनुपर्छ ।’

तर सभापति शेरबहादुर देउवाले भने प्रदर्शनपछिको विरोधसभालाई सम्बोधन गर्ने क्रममा संसद् पुनस्र्थापनाका विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले कांग्रेसले सो विषयमा अदालतलाई ‘यसो गर, उसो गर नभन्ने’ धारणा व्यक्त गर्दै आइरहेका छन् । उनले आन्दोलनबाटै निर्वाचनको तयारी गरिने समेत बताउँदै आइरहेका छन् ।

कांग्रेस महामन्त्री डा। शशांक कोइराला भने संसद् पुनस्र्थापनाका लागि पार्टीले थप सशक्त आन्दोलनका कार्यक्रम ल्याउनुपर्ने बताउँछन् ।

‘आन्दोलनमा जनताको उत्साह देखियो, आन्दोलनले कांग्रेसको संगठनलाई पनि सशक्त देखाएको छ । अझै थप सशक्त आन्दोलन घोषणा गरेर संसद् पुनस्र्थापनामा पार्टीले दबाब बढाउनुपर्छ,’ महामन्त्री कोइरालाले राजधानीसँग भने ।

कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले आन्दोलनबाट जनतामा उत्साह आएको र पार्टीको सन्देश केन्द्र हुँदै स्थानीय तह र वडा वडासम्म पु¥याउन सफल भएको बताए ।

‘आन्दोलनबाट एउटा ऊर्जा आएको छ । पार्टीको सन्देश केन्द्रबाट प्रदेश हुँदै स्थानीय तह र गाउँगाउँसम्म पुगेको छ । यो जनतामा जाने अभियान पनि हो,’ सहमहामन्त्री महतले भने । उनले पार्टीले नेता कार्यकर्ताबाट प्राप्त सुझावका आधारमा आगामी केन्द्रीय समिति बैठकमा जारी आन्दोलनको समीक्षा गर्ने र थप आवश्यक रणनीति बनाउने बताए ।

Advertisement

कांग्रेसले आगामी १३ माघमा बस्ने केन्द्रीय समिति बैठकमार्फत पहिलो र दोस्रो चरणका कार्यक्रमबारे समीक्षा गरेर थप कार्यक्रम घोषणा गर्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।,यो समाचार आजको राजधानी दैनिकमा छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top