पारस, कुशल र करण युएई प्रस्थान

पारस, कुशल र करण युएई प्रस्थान

९ माघ, काठमाडौं।
टी–१० लिग क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन्।

उनीहरु बिहीबार साँझ त्यसतर्फ गएका हुन्। खड्का टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहनेछन् । यस्तै मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट प्रतियोगिता खेल्ने छन्।

टी–१० लिग खेल्न नेपालका अर्का खेलाडी सोमपाल कामी यसअघि नै युएई गइसकेका छन्। उनले अरेबियन्स टोलीबाट खेल्नेछन्। टी–१० लिगका कारण खड्काबाहेक तीन जनाले हाल जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगितामा सहभागिता जनाएनन्।

खड्काले भने एउटा खेल खेलेका थिए। टी–१० लिग यही माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुनेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.