×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शालीनदीमा यसवर्ष ५० जना मात्र व्रत बस्न पाउने, साथमा पीसीआर र एक्सरे रिपोर्ट अनिवार्य

९ माघ, काठमाडौँ । काठमाडौँको साँखुमा एक महिनासम्म चल्ने शालीनदी मेलामा व्रत बस्ने व्रतालुको लागि कठोर नियम बनाइएको छ ।

कोरोना भाइरसको महामारीका कारण व्रतालुहरूको स्वास्थ्यलाई ख्याल गर्दै निमोनिया नभएको प्रमाण माग्नेदेखि निश्चित उमेर तोकेर मापदण्ड तयार पारिएको माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले जनाएको छ ।

Advertisement
Advertisement

समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठका अनुसार अघिल्ला वर्षमा ४०० भन्दा बढी व्रतालु सहभागी हुने सो मेलामा यस वर्ष बढीमा ५० जनालाई मात्र शालीनदी क्षेत्रमा व्रत बस्न अनुमति दिइने भएको छ ।

१५ जना पुरुष र ३५ जना महिलालाई मात्रै यस वर्ष शालीनदीमा व्रत बस्न मिल्ने गरी व्यवस्थापन मिलाइएको छ । व्रतालुहरुको लागि २० वर्षदेखि ५० सम्म उमेर समूहको हुनुपर्ने भनी उमेरहद तोकिएको छ ।

साथमा पीसीआर वा एन्टिजिन टेस्ट गर्नुपर्ने, निमोनिया छ कि छैन भनेर एक्सरे गरेको रिपोर्ट देखाउनुपर्ने, क्रोनिक फ्लुहरू, मुटुरोग, फोक्सोमा समस्या भएका जस्ता व्यक्तिलाई व्रत बस्न नदिइने लगायत लगायतको मापदण्ड तोकिएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार यसअघि नियमित शालीनदीमा नुहाउन आउने व्रतालुहरू साँखु क्षेत्रका जुनसुकै घरमा पनि बस्न सक्ने व्यवस्था थियो । तर अहिले समितिले नै सबै व्रतालुलाई बस्ने व्यवस्था गर्ने र व्रतालुलाई नदीमा नुहाउन जाँदा स्कर्टिङ गरेर लैजाने र ल्याउने व्यवस्था गरेको छ ।

माघ १५ देखि फागुन महिनासम्म हुने स्वस्थानी व्रतको समयमा शालीनदी दर्शन गर्न आउने दर्शनार्थीहरूलाई भने त्यतिधेरै मापदण्ड तोकिएको छैन । तर सामाजिक दुरी कायम गर्नको लागि प्रवेशद्वार र निस्कने द्वार छुट्टाछुट्टै राख्ने, सकेसम्म समूहमा हिँड्न नदिने जस्ता मापदण्ड कार्यान्वयनको लागि स्वयंसेवक खटाउने तयारी गरिएको छ ।

नगरपालिकाले स्थानीय व्यवसायीलाई मात्रै व्यवसायको लागि अनुमति दिएको जनाएको छ । दर्शनार्थीलाई मनपरी शुल्क नलिइयोस् भन्नको लागि सबै पसलमा मूल्यसूची राख्ने एवं सवारी साधनमा समेत निश्चित भाडा तोक्ने तयारी गरिएको छ ।

नियमित दैनिक ६० देखि ६५ वटा गाडी काठमाडौंको चावहिलबाट जाने गरेकामा मेलाको लागि ९० देखि १०० वटा गाडीको व्यवस्था गरिएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । त्यसमध्ये दैनिक १५ वटा गाडी चक्रपथ घुमेर साँखु-सालीनदीसम्म पुग्ने व्यवस्था गरिएको छ ।

स्वस्थानी व्रत कथामा उल्लेखित लावण्य देशको रुपमा मानिएको साँखु क्षेत्रका हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म बसिने स्वस्थानी व्रत यस वर्ष मलमासका कारण केही पछि सरेको छ ।

Advertisement
Advertisement

परापूर्वकालमा पार्वतीले यहीँ स्वस्थानी व्रत बसी महादेव वर पाएको भन्ने धार्मिक विश्वासका कारण मध्यनेपालमा स्वस्थानी व्रतलाई महत्वपूर्ण व्रतको रुपमा मान्ने गरिन्छ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top