झापा कारागारमा ६० विदेशी कैदीबन्दी

८ माघ ७७, शुक्रबार

९ माघ, झापा ।

झापामा हुने अपराधका घटनामा विदेशी नागरिककोसमेत हात हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अपराधका घटनामा संलग्न हुँदै आएको जिल्ला कारागारको तथ्याङ्कले देखाएको छ । कारागारको तथ्याङ्कअनुसार तीन महिलासहित ६० जना विदेशी नागरिक झापामा भएका विभिन्न अपराधका घटनामा संलग्न भएपछि कैद भुक्तान गरिरहेका छन् । अपराधमा संलग्नमध्ये धेरै भारतीय नागरिक छन् । अपराधमा संलग्न विदेशी नागरिकमध्ये लागुऔषध मुद्दामा एक महिला र चोरीमा दुई महिलाले जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका छन् ।

कारागारमा रहेका ५७ विदेशी पुरुषमध्ये अप्राकृतिक मैथुनसहित खोटा चलन, कीर्ते, अभद्र व्यवहार, डाका अपहरण, जवर्जस्ती करणी, लागुऔषध, कर्तव्य ज्यानलगायतका मुद्दामा जेल जीवन बिताइरहेका छन् । तीमध्ये लागुऔषध मुद्दामा मात्रै २१ जनाले सजाय भुक्तान गरिरहेका छन् । त्यस्तै कर्तव्य ज्यान तथा ज्यान कसुरमा सात, जबर्जस्ती करणीमा पाँच, अपहरणमा पाँच, डाका मुद्दामा दुई, गौवध मुद्दामा एक, खोटा चलनमा एक, कीर्तेमा दुई, अभद्र व्यवहारमा एक र अप्राकृतिक मैथुनका मुद्दामा एक जना गरी ५७ जनाले कैद भुक्तान गरिरहेको जिल्ला कारागारले जनाएको छ ।

Advertisement

क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेको झापामा विदेशी नागरिकका लागिसमेत सरकारले रासनपानी व्यहोर्दै आएको छ । जिल्ला कारागारमा अहिले विभिन्न मुद्दामा स्वदेशी र विदेशी गरी एक हजार १९६ जना कैदबन्दीले कैद भुक्तान गरिरहेका छन् । कारगारको तथ्याङ्कअनुसार सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दामा कैद भुक्तानी गर्ने छन् । एक जना महिलाले पनि जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेकी छिन् । जबर्जस्ती करणी मुद्दामा एक स्वदेशी महिलासहित ३४८ स्वदेशी पुरुष छन् । जसमा पनि २४१ कैदी र १०७ थुनुवा रहेको कारागार स्रोतले जनाएको छ ।

त्यस्तै आठ कैदी र तीन थुनुवा गरी ११ जना विदेशी नागरिक जबर्जस्ती करणी मुद्दामा झापा कारागारमा कैद भुक्तान गरिरहेका छन् । जबर्जस्ती करणीपछि झापा कारागारमा धेरै लागुऔषध मुद्दामा पक्राउ परेकाले कैद भुक्तान गरिरहेका छन् । कारागारको तथ्याङ्कअनुसार आठ कैदी नौ थुनुवा गरी १७ जना स्वदेशी महिला, १२५ कैदी, १५८ थुनुवा गरी १८३ स्वदेशी पुरुष कैद भुक्तान गरिरहेका छन् भने एक विदेशी महिलासहित ११ कैदी र १० थुनुवा गरी २१ जना विदेशी नागरिकले झापा कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

Advertisement

नियमअनुसार नेपालमा आएर गैरकानूनी गतिविधि गर्ने विदेशी नागरिकले नेपालकै कानूनअनुसार सजायको भागिदार हुनुपर्छ । कैद भुक्तानपछि भने राहदानी लाग्ने मुलुकका कैदीलाई नेपालस्थित सम्बन्धित देशका राजदूतावासमार्फत आफ्नो देश फिर्ता पठाउन सकिने प्रावधान छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top