प्रदेशमा मुख्यमन्त्री दिनेसँग सहकार्य : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले प्रदेश सरकारमा आफूलाई मुख्यमन्त्री दिने नेकपाको समूहसँग सहकार्य गर्ने रणनीति लिएको छ। प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि नयाँ सत्ता समीकरणको पहल सुरु भएको हो। दुवै प्रदेशमा सरकार गठन गर्न कांग्रेसको समर्थन अनिवार्य देखिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार शीर्ष नेतासहित बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूबीच अनौपचारिक छलफल भएको थियो। त्यस क्रममा सभापति देउवाले नेकपाका दुवै समूहले कांग्रेसको साथ खोजे पनि कांग्रेसले भने आफूलाई फाइदा हुने गरी निर्णय लिने बताएका हुन्। ‘जसलाई समर्थन गर्दा कांग्रेसलाई फाइदा हुन्छ, कांग्रेसले उही समूहलाई सहयोग गर्नुपर्छ’, देउवाले भने, ‘हामीले यही समूहलाई नै सहयोग गर्नुपर्छ भनेर अडान राख्नुहुन्न।’

सुरुमै बोलेका देउवाले कांग्रेसले दुवै प्रदेशमा मुख्यमन्त्री पाउने अवस्था रहेको धारणा राखेको एक केन्द्रीय सदस्यले बताए। ‘उहाँको कुरा सुन्दा कांग्रेसलाई मुख्यमन्त्रीमा जसले सहयोग गर्छ उसलाई नै हामीले समर्थन गर्नुपर्दछ भन्ने देखियो’, बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने।

Advertisement

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई सहयोग गर्न नहुने बताएका थिए। तीन वर्ष प्रतिपक्षीका रूपमा केन्द्र र प्रदेशमा सरकारको विरोध गर्दै आएको कांग्रेसले त्यही मुख्यमन्त्रीको समूहलाई समर्थन गर्नु जायज नहुने नेता पौडेलको भनाइ थियो। सभापति देउवाले दुई दिनअघि प्रदेश १ बाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्यहरूसँग पनि छलफल गरेका थिए।

कांग्रेसको समर्थनबिना बहुमत नपुग्ने भएपछि नेकपाका दुवै समूह कांग्रेसको सहयोग खोजिरहेका छन्। उनीहरूले कांग्रेसका विभिन्न तहका नेताहरूमार्फत आफ्नो पक्षलाई समर्थनका लागि लबिङ गर्दै आएका छन्। प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री प्रधानमन्त्री ओलीनिकट हुन्। दुवै मुख्यमन्त्रीविरुद्ध दाहाल–नेपाल समूहका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। उक्त समूहले प्रदेश १ मा भीम आचार्य र बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ।, याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top