ट्रम्पमाथिको महाअभियोग प्रस्तावको सुनुवाई पछि धकेलियो

१० माघ, एजेन्सी ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्तावमा माथिल्लो सदन सिनेटमा हुने सुनुवाई पछि धकेलिएको छ।

Advertisement

कम्तीमा आउँदो महिना (फेब्रुअरी) सम्म माथिल्लो सदनमा महाअभियोग प्रस्तावमाथिको सुनुवाई सुरु नगर्ने सहमति सिनेटका डेमोक्र्याट र रिपब्लिकनबिच भएको हो । तल्लो सदनबाट पारित भएको महाअभियोग प्रस्ताव सभामुख न्यान्सी पेलोसीले आउँदो सोमबार सिनेटमा पठाउने तयारी छ ।

महाअभियोग प्रस्तावमाथि सिनेटमा फेब्रुअरी ८ सम्म सुनुवाई सुरु हुने छैन । ट्रम्पका वकिलहरुलाई आफ्नो रक्षाका लागि तयारी गर्न दुई हप्ताको समय मिलेको छ ।

Advertisement

चुनावको नतिजा उल्ट्याउने प्रयास स्वरुप जनवरी ६ मा ट्रम्पका समर्थकले राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा हिंसात्मक आक्रमण गरेका थिए । हिंसात्मक बिद्रोहका लागि उक्साएको आरोपमा ट्रम्पमाथि कार्यकालमै रहँदा दोस्रोपटक महाअभियोग लागेको हो ।

जनवरी १३ मा तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरेको थियो । जनवरी २० देखि उनी सत्ताबाट बाहिर गए पनि माथिल्लो सदन सिनेटमा महाअभियोगमाथि सुनुवाई हुन बाँकी छ ।

Advertisement

जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका जो बाइडेनको मन्त्रिपरिषदका प्रस्तावित सदस्यहरुको अनुमोदनका लागि समय दिन पनि महाअभियोग प्रस्तावमाथिको सुनुवाई केही पछि धकेलिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top