रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

१० माघ, इस्लामाबाद ।

Advertisement

पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ ।

सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ ।

Advertisement

पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो दुर्घटना भएको जनाइएको छ ।

रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ बर्षीय हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्था रेलको ठक्करबाट मृत्यु भएको स्थानीय उद्धार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

Advertisement

उद्धारकर्ताहरुले नाभेदलाई उद्धार गरेको अवस्थामा उनको मृत्यु भइसकेको पनि समाचारमा जनाइएको छ । रासस/एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top