लुम्बिनीको विकासका लागि सहकार्य गर्ने सातै प्रदेशका मन्त्रीहरुकाे प्रतिबद्धता

१० माघ ७७, आइतबार

१० माघ, रुपन्देही ।

लुम्बिनीको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारहरूले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार लुम्बिनीको अध्ययन भ्रमणपश्चात् मुलुकका सातै प्रदेशका मन्त्री, सचिवहरूले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री, मन्त्रालयका सचिव तथा महान्यायाधिवक्ताहरूलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमणि शाक्यले स्वागत गर्दै बुद्ध जन्मस्थल लुम्बिनीको बारेमा बताएका थिए ।

Advertisement

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिम्मतकुमार कार्की, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लुम्बिनीको अध्ययन भ्रमण गर्दै सहकार्य र एकताको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

लुम्बिनी भ्रमणको लागि पुगेका मन्त्री, सचिव तथा महान्यायाधिवक्ता लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले लुम्बिनी गुरुयोजना र बुद्धिज्मको बारेमा जानकारी गराएका थिए।

भ्रमणको क्रममा प्रदेशका मन्त्री तथा सचिवहरूले संघीय सरकार मातहत रहेको लुम्बिनीको विकास र प्रवर्द्धनको लागि प्रदेश सरकारहरूले पनि सहकार्य गरेर अगाडि बढ्ने बताएका हुन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top