चितुवा मृतावस्थामा फेला

१० माघ ७७, शनिबार

१० माघ, दाङ ।

Advertisement

दाङको लमहीस्थित अजम्मरी सामुदायिक वनमा मृतावस्थामा चितुवा फेला परेको छ । चितुवा केही दिनअघि नै मरेको हुनसक्ने डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत पुरण चौधरीले आज जानकारी दिए ।

उनका अनुसार दाउरा लिन गएका स्थानीयवासीले देखेपछि वन कार्यालयलाई खबर गरेका थिए । चितुवाको घाँटीमा पासो लागेकोजस्तो निशान फेला परेको छ । जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुनसक्ने जनाइएको छ । चितुवालाई परीक्षण गरी व्यवस्थापन गरिने उनले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top