×

NEPAL TIMES UPDATES

Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026

आधिकारिकताको विवाद अध्ययनमै सीमित

११ माघ २०७७

काठमाडौं : नेकपाको आधिकारिकताको विवादको सम्बन्धमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षले पठाएको जवाफबारे निर्वाचन आयोगले अध्ययन गरिरहेको छ । आयोगका अनुसार दुवै पक्षले पठाएको पत्र आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका कर्मचारीहरूले अध्ययन गरिरहेका छन् ।

१० दिन बितिसक्दा पनि आयोग अझै अध्ययनमै केन्द्रित रहेपछि विवाद निरुपण समयावधि अझै लम्बिने देखिएको छ । यसबारे कसरी अघि बढ्ने भन्ने विषयमा आयुक्तहरुबीच छलफल हुन बाँकी नै रहेको छ । नेकपाको दुवै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिका लागि दिएको निवेदनको थप स्पष्टताको माग गर्दै आयोगले पुस २३ मा दुवै पक्षलाई ७ दिनको समय दिएर पत्र पठाएको थियो । दुवै पक्षले पुस २९ गते आयोगमा जवाफ पठाएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

नेकपाको दुवै पक्षबाट आएका जवाफको अध्ययन र जाँचबुझ भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । ‘पार्टीमा हेरफेर गरेर अद्यावधिक गर्न दिएको विषय संविधान, ऐन, नियम र दलको विधानबमोजिम भएनभएको विषयमा अध्ययन भइरहेको छ । यसबारे चाँडोभन्दा चाँडो निर्णय गरेर टुंग्याउनेछौं।’ –उहाँले भन्नुभयो । नेकपाको आधिकारिकताको विवादका सम्बन्धमा प्रधानमन्त्री ओली र ‘प्रचण्ड’–माधव पक्षले आफूहरु आधिकारिक रहेको दाबी गरिरहेका छन् । यसले गर्दा आयोगले कानुनी प्रक्रियाअनुरुप विवाद निरुपण गर्ने प्रक्रियामा जान कठिनाइ भइरहेको हो ।,यो खबर आजको राधानी दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top