सृष्टि गोस्वामीः उत्तराखण्डकी एकदिने मुख्यमन्त्री

११ माघ, एजेन्सी ।
भारत उत्तराखण्डको हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।

Advertisement

आइतबार २४ जनवरी (आज) राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएकी छन् ।

प्रतिकात्मक भए पनि उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुनेछिन् । उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् र सरकारका अलग–अलग विभागले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन् ।

Advertisement

सो अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ गर्नेछन् भने त्यसमा एक दिनको मुख्यमन्त्री सृष्टिले सुझाव दिनेछिन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनेछन् ।

उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा हुने यो कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चल्ने छ ।

Advertisement

एक दिनको मुख्यमन्त्री बनाउने उद्देश्य के हो ?

उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसार एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरुको सशक्तीकरणका लागि जागरुकता फैलाउनु हो ।

उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बन्ने भएपछि सृष्टि गोस्वामी अहिले सामाजिक सन्जालमा भाइरल भएकी छन् । उनले सामाजिक सन्जालमै एक बयान जारी गर्दै भनेकी छन्, ‘एक दिनको मुख्यमन्त्री बन्ने अवसर पाउँदा म एकदम खुसी छु ।

मैले खासगरी बालिका सुरक्षासँग सम्बन्धित सुझावहरु उत्तराखण्ड सरकारलाई दिनेछु ।’ यसअघि सृष्टिलाई सन् २०१८ मा उत्तराखण्ड बाल विधानसभाको मुख्यमन्त्री चुनिएको थियो ।

उत्तराखण्डमा बाल विधानसभा गठनको कार्यक्रम बाल अधिकार संरक्षण आयोगले गर्दछ । जसमा प्रदेशका अलग अलग स्थानबाट छात्राहरुले सहभागीता जनाउँछन् र आफैंले विधानसभा सन्चालन गर्दछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top