NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता शुक्रबार जेष्ठ ३ , २०८२
स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई शुक्रबार जेष्ठ ३ , २०८२
बालेनले २५ वर्षदेखि हराएको नक्साल हिटीमा पानी निकाले शुक्रबार जेष्ठ ३ , २०८२
बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो बुधबार जेष्ठ १ , २०८२
आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी बुधबार जेष्ठ १ , २०८२
Next
Prev

समाचार

चुनावको तयारीमा जुटे निर्वाचन कार्यालय

आइतवार माघ ११ , २०७७
Reading Time: 1 min read
A A
Nepal Top
चुनावको तयारीमा जुटे निर्वाचन कार्यालय
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ माघ, काठमाडौं ।

सरकारले आगामी वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय दोलखा निर्वाचनका तयारीमा जुटेको छ । कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र हरेक मतदानस्थलको स्थलगत अनुगमनको काम अघि बढेको कार्यालय दोलखाका प्रमुख गोमा धमालाले जानकारी दिइन् ।

विसं २०७४ मा सम्पन्न भएको निर्वाचनमा जिल्लामा तोकिएको मतदानस्थल मतदान केन्द्रका बारेमा परिवर्तन गर्नुपर्ने वा थपघट गर्नुपर्ने विषयमा गाउँपालिकाबाट सुझाव आएसँगै प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अवलोकन गर्ने र यही माघ १२ गते आयोजना गरेको बैठककमा सुझाव पेश गर्ने तयारी रहेको उनले बताइन् ।

LS Auto

कार्यालयले मतदाता नामवली अद्यावधिक तथा मतदानस्थलका विषयमा यही माघ ७ गते जिल्लाको सर्वदलीय बैठक बसी छलफल गरिसकेको छ । सर्वदलीय बैठकमा गौरिशङ्कर, शैलुङ र वैत्येश्वर गाउँपालिकाका विभिन्न वडामा रहेको मतदानस्थल परिर्वतन गर्नका लागि सिफारीस भएको थियो । सात गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लाको स्थानीय तहमा तीन गाउँपालिकाबाट मतदानस्थल परिर्वतनका लागि सिफारीस भएसँगै प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको टोलीले अनुगमन गरिरहेको छ । सुरक्षा समितिको अनुगमनपश्चात् सुझावअनुसार मतदानस्थल परिर्वतन वा थप घट गर्ने विषयमा निणर्य हुने कार्यालय प्रमुख धमलाले जानकारी दिइन् ।

निर्वाचनको घोषण गरेसँगै गतपुस ५ गतेदेखि तस्वीरसहितको मतदाता नामावली थप गर्न रोक लगाएपछि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । एक सङ्घीय र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा कार्यालयले यही माघ १५ गतेदेखि २१ गतेसम्म दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तहका केन्द्रमा मतदाता नामवली अद्यावधिक गर्न लागेको छ ।

उक्त कार्यक्रमअनुसार माघ १५ गते सबै मतदान केन्द्रमा मतदाता नामवली प्रकाशन हुने र १६ देखि १८ गतेसम्म मतदाता नाम वा विवरणमा भएको त्रुटि सच्याएन, दोहोरो नाम हटाउन, झुठो विवरण पेश भएका सच्याउनका लागि उजुरी गर्न सकिने जनाइएको छ ।

कार्यालयले प्रत्येक स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्तिको छनोट गरिसकेको छ । सात गाउँपालिकाबाट पाँचौँ तहका कर्मचारी र दुई नगरपालिकाबाट छटौँ तहका कर्मचारीमध्येबाट स्थानीय तह निर्वाचन सम्पर्क व्यक्ति छनोट गरिसकेको छ । छनोट भएका निर्वाचन सम्पर्क व्यक्तिलाई कार्यालयले आज १ दिनको प्रशिक्षण आयोजना समेत गरेको छ । स्थानीय तह निर्वाचन सम्पर्क व्यक्तिलाई तालीम दिइसकेपछि प्रत्येक स्थानीय तहमा खटाउने तयारी भइरहेको छ ।

१० हजार मतदाता वृद्धि
डडेल्धुरा– डडेल्धुरामा पछिल्लो तीन वर्षमा १० हजार बढीले मतदाता सङ्ख्या बढेको छ । विसं २०७४ को निर्वाचनमा ३८ हजार ५२६ महिला र ३७ हजार २५४ पुरुष गरी मतदाताको सङ्ख्या ७५ हजार ७८० थियो । आगामी वैशाख १७ र २७ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचन कार्यालयको तथ्याङ्गअनुसार यस वर्ष पुससम्म मतदाताको सङ्ख्या ८६ हजार १०१ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्याको बढेको छ । महिलाको सङ्ख्या ४३ हजार ३५९ छ भने पुरुषको सङ्ख्या ४२ हजार ७४२ पुगेको छ । विसं २०७४ पछि तीन वर्षको अवधिमा १० हजार ३२१ ले मतदाता बढेको जिल्लामा ७७ मतदानस्थल र ११० मतदान केन्द्र रहेका छन् । यस वर्ष मतदाता सङ्ख्या बढेकाले मतदानस्थल तथा मतदान केन्द्र बढाउने तयारी भइरहेको कार्यालय प्रमुख कृष्णसिंह नायकले जानकारी दिए ।

निर्वाचन आयोगले यही माघ १५ गतेदेखि २१ गतेसम्म देशभरका सबै स्थानीय तहका केन्द्रमा मतदाता नामावली आद्यावधिक कार्यक्रम सञ्चालन गर्न निर्देशनअनुसार जिल्लामा पनि मतदाता नामावली अद्यावधिक गर्न लागिएको छ ।

तस्बिरसहितको मतदाता नामावली सङ्कलन

डोटी– जिल्लामा तस्वीरसहितको मतदाता नामावली सङ्कलन शुरुआत भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ । जिल्लामा निर्वाचनसम्बन्धी गतिविधि व्यापकरुपमा अघि बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दलबहादुर मलासीले जानकारी दिए । उनले भने, “वैशाखमा हुने निर्वाचनका लागि हामीले सबै कार्य अगाडि बढाएका छौँ, निर्वाचनको तयारीका विषयमा सरोकारवालासँग छलफल पनि भइरहेको छ ।”

आयोगले यही माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेकोसमेत उनले जानकारी दिए । कार्यालयका अनुसार विसं २०७४ मा भएको निर्वाचनभन्दा आगामी वैशाखमा हुने निर्वाचनमा कम्तीमा पनि १० प्रतिशत मतदाता थपिने भएका छन् । विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा कूल ५७ हजार ४०० महिला र ४९ हजार १४३ पुरुष गरी कूल एक लाख छ हजार ५४३ मतदाता रहेका थिए । उक्त निर्वाचनमा सङ्घीय प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ अर्थात् ६४।७९ प्रतिशत मत खसेको थियो भने समानुपातिकतर्फ ६९ हजार १४९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

खसेका मतमध्ये प्रत्यक्षतर्फ तीन हजार ९१० र समानुपातिकतर्फ सात हजार ४१६ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । कार्यालयका अनुसार जिल्लामा अहिले कूल मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहेको छ । जिल्ला निर्वाचन कार्यालयले यही माघ १५ गतेदेखि २१ गतेसम्म दाबी विरोधको समयसमेत तोकेको छ । जिल्लाका कूल महिला ६२ हजार ३४१ र पुरुष ५५ हजार २७६ मतदाता रहेका छन् । माघ १५ देखि २१ सम्म नौवटै स्थानीय तहको कार्यालयमा दाबी विरोधको समय राखिएको छ । उक्त अवधिमा मतदाता नामावलीमा भएको नाम सच्याउने, नाम हटाउने, केन्द्र सच्याउने जस्ता काम हुने कार्यालय प्रमुख मलासीले जानकारी दिए ।

जिल्लामा आठ वटा मतदान केन्द्र बढ्नसक्ने सम्भावना रहेको बताइएको छ । विसं २०७४ को निर्वाचनमा जिल्लाका ११५ स्थानमा कूल १५७ मतदान केन्द्र रहेका थिए । अहिले मतदाता सङ्ख्या बढेकाले १६४ वा १६५ सम्म हुने सम्भावना रहेको कार्यालयले जनाएको छ । दिपायल सिलगढी नगरपालिका–६ मा रहेको साविकको शैलेश्वरी विद्यालयको मतदान केन्द्र र बडीकेदार गाउँपालिका–४ डिकेवनमा रहेको केन्द्र सार्नुपर्ने अवस्था रहेको कार्यालय प्रमुख मलासीले बताए ।

उनले भने– “सिलगढीमा रहेको शैलेश्वरी विद्यालय अर्को विद्यालयमा गाभिइसकेको हुँदा त्यहाँबाट केन्द्र सार्नुपर्ने देखिन्छ । बडिकेदारको डिकेवनमा रहेको वडा कार्यालयमा आगजनी भएपछि भवन नभएका कारण मतदान केन्द्र सानुपर्ने अवस्था आएको छ ।” मतदान स्थलहरु थप्नु पर्ने जनाउँदै विभिन्न क्षेत्रबाट माग आएको भए पनि व्यवस्थापन गर्न समस्या हुने भएकाले तत्काल थप्नका लागि निकै गृहकार्य गर्नु उनको भनाइ छ ।

आयोगको निर्देशनअनुसार जिल्ला निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी कार्यक्रमहरु अघि बढाइरहेको बताइएको छ ।

जिल्ला निर्वाचन कार्यालय तयारीमा

फुङ्लिङ–जिल्ला निर्वाचन कार्यालय तापलेजुङले मतदाता नामावली अद्यावधिक, दाबी विरोध र संशोधनसहितका कार्यक्रम शुरुआत गरेका छ । स्थानीय तहको केन्द्रलाई आधार मानी गत पुस ५ गतेसम्म दर्ता भएका मतदाताको नामावली प्रकाशन यही माघ १५ गते गरी १६ गतेदेखि १८ सम्म नाम सच्याउने र दाबी विरोधका लागि उजुरी दिने, २१ गतेभित्र छानविन गरी नाम हटाउन परेका निवेदनउपर सुनुवाइ गर्ने र माघ २६ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गर्ने कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी मोहनप्रसाद कोइरालाका अनुसार प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको जिल्लामा ८५ हजार ४६७ मतदाता छन् । ती मध्ये ४० हजार १४५ महिला र ४५ हजार ३२२ पुरुष रहेको प्रस्तुत तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकामा आठ हजार ३५६ महिला र आठ हजार ३९८ पुरुष गरी १६ हजार ७५४ मतदाता रहेका छन् ।

यस्तै आठराई त्रिवेणी गाउँपालिकामा चार हजार ३६९ महिला र चार हजार ९०२ पुरुष गरी नौ हजार २७१, मैवाखोला गाउँपालिकामा तीन हजार ३९५ महिला र तीन हजार ८३५ पुरुष गरी सात हजार २३०, मेरिङदेन गाउँपालिकामा तीन हजार ७९६ महिला र चार हजार ४ ५२ पुरुष गरी आठ हजार २४८ जना मतदाता रहेका छन् ।

यस्तै मिक्वाखोला गाउँपालिकामा दुई हजार ९०६ र तीन हजार ४९४ पुरुष गरी छ हजार ४००, सिदिंवा गाउँपालिकामा तीन हजार ८६८ महिला र चार हजार ६६० पुरुष गरी आठ हजार ५२८, सिरिजङ्गा गाउँपालिकामा पाँच हजार २२३ महिला र पाँच हजार ९४९ पुरुष गरी ११ हजार १७२, पाथिभरा याङ्वरक गाउँपालिकामा चार हजार ३०३ महिला र चार हजार ८७७ पुरुष गरी नौ हजार १८० र फक्ताङलुङ गाउँपालिकामा दुई हजार ९२९ महिला र चार हजार ७५५ पुरुष गरी आठ हजार ६८४ जना मतदाता रहेका छन् ।

कामका लागि तीव्ररुपमा तयारी थालिएको जिल्ला निर्वाचन अधिकारी कुमार भट्टराईले बताए । राजनीतिक दलका नेताहरुले कोभिड– १९ का कारण रोजगारी गुमाएर फर्केका र नामावलीमा नाम छुट भएका नागरिकको मताधिकार सुरक्षित गर्न नाम दर्ताको म्याद माघ महिनाभर बढाउनका लागि आयोगसँग माग गरेका छन् ।

नामावली अद्यावधिक गर्ने समय लम्ब्याउन माग

पाँचथर– जिल्लास्थित सरोकारवालाले निर्वाचन आयोगद्वारा तय भएको मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रमको समय लम्ब्याउन माग गरेका छन् । आयोगको निर्देशनबमोजिम जिल्ला निर्वाचन कार्यालयले यहाँका स्थानीय तहमा यही माघ १५ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम तय गरेको छ ।

उक्त अवधि लम्ब्याएर माघ मसान्तसम्म पु¥याउन राजनीतिक दल तथा नागरिक क्षेत्रका अगुवाले माग गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयले फिदिममा आयोजना गरेको अन्तक्र्रियाका सहभागी सरोकारवालाले छोटो समयमा सबै मतदाताले आफ्नो विवरण अद्यावधिक गर्न नसक्ने भन्दै समय लम्ब्याउन माग गरेका हुन् । सरोकारवालाले मतदान गर्ने उमेर पूरा भएका तर वैदेशिक रोजगारीमा रहेका कारण मतदाता नामावलीमा नाम समावेश गर्न नपाएका मतदाताहरुलाई समेट्ने प्रवन्ध गर्न आग्रह गरे ।

जिल्लाका केही वडामा मतदानस्थल थप्नुपर्ने आवश्यकता रहेको बताउँदै सरोकारवालाले निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपरे सोसमेत गर्न माग गरे । अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले सरोकारवालाको मागलाई आयोगमा पठाइने र मतदाताले सहजरुपमा मतदान गर्ने व्यवस्था गर्न पहल गरिने बताए ।

जिल्लामा हाल कूल एक लाख ३२ हजार ७९८ जना मतदाता रहेका छन् । तीमध्ये महिला ६३ हजार ५८६ जना र पुरुष ६९ हजार २१२ छन् । प्रतिनिधिसभा सदस्यको एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १०१ मतदानस्थल तथा १७० मतदान केन्द्र छन् । जिल्लामा हाल सबैभन्दा बढी फिदिम मावि खेल मैदान मतदानस्थलमा चार वटा मतदान केन्द्र रहेका छन् ।

मतदाता नामावली अद्यावधिक गर्ने कार्यका लागि स्थानीय तहका कर्मचारीलाई सहायक नाम दर्ता अधिकारी नियुक्त गरी कार्य सम्पादन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्ने क्रममा सबै मतदातालाई नामावलीमा आफ्नो नाम तथा अन्य विवरण हेर्ने एवं अद्यावधिक गर्नका लागि सहज पहुँज प्रदान गरिने कार्यालयले जनाएको छ । सहायक नाम दर्ता अधिकारीलाई आवश्यक सामग्री, मतदाता नामावली तथा अभिमुखीकरण कार्यक्रम निर्वाचन कार्यालयले प्रदान गर्ने कार्यालयका निमित्त प्रमुख सरोज मेहताले बताए ।रासस

लोकप्रीय

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

शुक्रबार जेष्ठ ३ , २०८२
लौरो अभियानसंग आफ्नो कुनै सम्बन्ध नरहेको बालेनको प्रष्टोक्ती

बालेनले २५ वर्षदेखि हराएको नक्साल हिटीमा पानी निकाले

शुक्रबार जेष्ठ ३ , २०८२

विचार

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

शुक्रबार जेष्ठ ३ , २०८२
लौरो अभियानसंग आफ्नो कुनै सम्बन्ध नरहेको बालेनको प्रष्टोक्ती

बालेनले २५ वर्षदेखि हराएको नक्साल हिटीमा पानी निकाले

शुक्रबार जेष्ठ ३ , २०८२

थप समाचार

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता
ताजा समाचार

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई
खेलकुद

स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

शुक्रबार जेष्ठ ३ , २०८२
लौरो अभियानसंग आफ्नो कुनै सम्बन्ध नरहेको बालेनको प्रष्टोक्ती
ताजा समाचार

बालेनले २५ वर्षदेखि हराएको नक्साल हिटीमा पानी निकाले

शुक्रबार जेष्ठ ३ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
ताजा समाचार

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: गाजामा नाकाबन्दी लगाएर बम हा*नियो,भारत–पाकको यु*द्धविराम मे १८ सम्म || Nepal Times

World News: गाजामा नाकाबन्दी लगाएर बम हा*नियो,भारत–पाकको यु*द्धविराम मे १८ सम्म || Nepal Times

00:16:19

World-News:पाकिस्तानले पायो १ अर्ब डलर, भारतमा दर्जनौं माओवादी मा*रि*ए || Nepal Times

00:13:19

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

00:12:42

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०

हालका पोस्टहरू

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

शुक्रबार जेष्ठ ३ , २०८२
लौरो अभियानसंग आफ्नो कुनै सम्बन्ध नरहेको बालेनको प्रष्टोक्ती

बालेनले २५ वर्षदेखि हराएको नक्साल हिटीमा पानी निकाले

शुक्रबार जेष्ठ ३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.