कृषिमा वैदेशिक लगानीको विरोधमा माइतीघरमा प्रदर्शन

११ माघ, काठमाडौँ । कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगान भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् ।

खाद्यका लागि कृषि अभियानको आयोजनामा आइतबार काठमाडौंको माइतीघरमा सरोकारवालाहरुले कृषिको प्राथमिक क्षेत्रमा वैदेशि क लगानी भित्र्याउने सरकारको निर्णयको विरुद्धमा विभिन्न ब्यानर र प्लेकार्ड सहित विरोध प्रदर्शन गरेका हुन् ।

Advertisement

विरोध कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णयबाट सरकार तत्काल पछाडि हटनुपर्ने बताए ।

आफूहरुले वैदेशिक लगानीको विरोध नभई प्राथमिक कृषिमा वैदेशिक लगानी ल्याउने र विदेशीलाई कृषि प्राकृतिक क्षेत्रको जिम्मा लगाउने कुराको विरोध गरेको बताए ।

Advertisement

सरकारले प्राथमिक तहमा वैदेशिक लगानी भित्र्याएर किसानहरुको गाँस खोस्न खोजेको आरोप संयोजक अधिकारीको छ ।

कृषिको प्राथमिक क्षेत्रमा नभई मूल्य श्रृङ्खलाका कुराहरुमा वैदेशिक लगानी भित्र्याउन सक्ने सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर अगाडि बढ्न सकिने पनि अधिकारीले बताए ।

विरोध प्रदर्शनमा सहभागि भएकाहरुले खाद्य सम्प्रभुताको सम्मानगर्दै नेपालको कृषिलाई आत्मनिर्भर, दिगो र पर्यावरणमैत्री खेतीपातीको दिर्घकालिन दृष्टिकोण बनाउन पहल भइरहेको अवस्थामा सरकारले दूरगामी प्रभावको ख्यालनगरी हचुवाको भरमा निर्णय गरेकोले आन्दोलन गर्नुपरेको बताए ।

प्रदर्शनमा ‘खाद्य सुरक्षा तथा सम्प्रभूताको अधिकार सुनिश्चित गर’, ‘कृषिको प्राथमिक उत्पादनमा खुल्ला गरिएको वैदेशिक लगानी सम्बन्धी प्रावधान खारेज गर’, ‘कृषिमा वैदेशिक लगानी सम्बन्धी प्रावधान खारेज गर’, ‘जनमुखी भूमि सुधार लागू गर’, ‘भूमिहीन, साना तथा सिमान्त किसानको भूमि तथा कृषि अधिकार सुनिश्चित गर’ लगायत लेखिएका प्लेकार्ड लिएर प्रदर्शनकारीहरु सडकमा उभिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top