११ माघ, काठमाडौँ ।
पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाकाे पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।
गत माघ २ मा बसेको स्थायी कमिटी बैठकले ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए । ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिइएको थियो । स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको हाे ।