जाडोले कपिलवस्तुका विद्यालय चार दिन बन्द

११ माघ ७७, सोमबार

१२ माघ, कपिलवस्तु ।

कपिलवस्तुमा दुई पालिकाका विद्यालय आजदेखि बन्द गरिएका छन् । कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाका विद्यालय शीतलहरका कारण चार दिनका लागि बन्द गर्ने निर्णय भएको हो । जाडो बढेकाले पठनपाठनमा समस्या आएपछि विद्यालयमा बिदा थपिएको हो ।

शुरुमा यही माघ ८ देखि माघ १० गतेसम्मका लागि नगरपालिकामा रहेका सबै सरकारी र निजी विद्यालयहरु बन्द गरिएका थिए । नगर शिक्षा समितिको निर्णयअनुसार चार दिनका लागि जाडो बिदा थप गरिएको नगरपालिका शिक्षा एकाइका उपसचिव हरिप्रसाद ज्ञवालीले बताए । माघ १५ देखि विद्यालय सञ्चालन हुने बताइएको छ । जाडोले गर्दा प्राविमा पढने स–साना विद्यार्थीहरु बढी प्रभावित बनेका छन् । जाडोले गर्दा विद्यार्थीको न्यून उपस्थिति भएकाले पठनपाठनसमेत प्रभावकारी हुन नसकेको शिक्षकहरु बताउँछन् ।

Advertisement

त्यस्तै मायादेवी गाउँपालिकाका विद्यालयमा पनि तीन दिनका लागि जाडो बिदा दिइएको छ । धेरै चिसोले गर्दा विद्यार्थीको स्वास्थ्यमा समस्या आउनसक्ने भन्दै गाउँपालिकाभित्र रहेका सबै विद्यालय बन्द गरिएको हो । गाउँपालिका शिक्षा शाखाका प्रमुख अमिनप्रसाद कुर्मीले सूचना निकाल्दै गाउँपालिकाभित्र रहेका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने जनाइएको छ । माघको शुरुदेखि नै कपिलवस्तुमा बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित भएको छ ।रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top