निर्वाचन आयोगको निर्णय सहि छ, आरोप पत्र फिर्ता लिए पार्टी एकता हुन्छः ईश्वर पोखरेल

११ माघ ७७, सोमबार

१२ माघ, काठमाडौं ।
नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन अयोगले गरेको निर्णयको सम्मान गर्ने बताएका छन्।

नेकपाको केपी ओली समूहको वाग्मती प्रदेश कमिटीले गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले आयोगको निर्णयलाई सकारात्मक रुपमा लिएको बताए।

पोखरेलले भने, ‘निर्वाचन आयोगबाट केपी ओलीले राख्दै आएको अडानलाई बल पुग्ने निर्णय भएको छ। ओलीलाई साधारण सदस्यबाट हटाउने पाखण्डी निर्णयलाई निर्वाचन आयोगको जवाफ हो।’

Advertisement

यस्तै पोखरेलले दुई शर्तमा पार्टी एकता हुनसक्ने बतााएका छन् । २८ कात्तिकमा दर्ता भएको ‘आरोप पत्र’ फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने उनले बताए ।

‘अहिले पनि जुन अराजकता सिर्जना गर्न खोजियो, जनताको भावनामा चोट पुर्‍याउन खोजियो,’ उनले भने, ‘यो एकतालाई कायम राख्ने हो भने दुईटा कुरा गर्नुपर्छ ।

Advertisement

कात्तिक २८ गते पार्टी अध्यक्षका रुपमा रहनु भएका पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्षलाई जुन गम्भीर आरोप लगाउनु भएको छ, त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ । र, घोषित निर्वाचनमा सहभागी हुन तयार भएर आउनुपर्छ ।

त्यसो हुँदा अहिले जुन स्थिति देखिएको छ, त्यसलाई टार्न सकिन्छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top