×

NEPAL TIMES UPDATES

Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026
Playing
अदालतको इजलासमा फिल्म ’लालीबजार’, पुनः सुनुवाइ सुरु || Nepal Times
May 20, 2026
Playing
रेग्मीको बरिष्ठतम् खोसियो, सपनाको कार्यकक्ष सारियो|| Nepal Times
May 20, 2026
Playing
इ*रान यु*द्ध अन्त्य गर्न सीको ४ बुँदे प्रस्ताव, I*S*I*S* र I*S*IL का १७५ लडाकु मा*रिए
May 20, 2026
Playing
इजरायल रोजगारीमा छनोट नभएकाले नयाँ आवेदन दिनुपर्ने || Nepal Times
May 20, 2026
Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026

उत्तर कोरियाली कूटनीतिज्ञले भागेर दक्षिण कोरियामा शरण लिए

१२ माघ २०७७

१२ माघ, एजेन्सी ।
उत्तर कोरियाका एक वरिष्ठ कूटनीतिज्ञ भागेर शरण लिन दक्षिण कोरिया गएको विवरण सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन्।

कुवेतका लागि उत्तर कोरियाली कार्यवाहक राजदूत र्‍यु ह्युन–वू सेप्टेम्बर २०१९ मा भागेर सपरिवार दक्षिण कोरिया पुगेको मेइल दैनिकले जनाएको छ।

Advertisement
Advertisement

उक्त पत्रिकामा प्रकाशित समाचारका अनुसार आफ्ना सन्तानको भविष्य उज्ज्वल बनाउन ती कूटनीतिज्ञले त्यसो गरेका थिए। र्‍यु दक्षिण कोरिया आएको विषय अधिकारीहरूले पुष्टि गर्न मानेनन्।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार र्‍यु सेप्टेम्बर २०१९ मा शरण खोज्दै दक्षिण कोरिया पुगेका थिए। तर उनले शरण मागेको कुरा अहिलेसम्म गोप्य राखिएको थियो।

उनी सन् २०१७ देखि कुवेतमा कार्यवाहक राजदूत थिए। र्‍युका ससुराले पहिला उत्तर कोरियाको गोप्य कोषको नेतृत्व गरेको विश्वास गरिन्छ।

दुर्लभ घटना तर पहिलो हैन
उत्तर कोरियाबाट प्रत्येक वर्ष १,००० जना जति भागेर दक्षिण पुग्छन्। तर वरिष्ठ अधिकारी भाग्ने घटना विरलै हुन्छ।

सन् २०१८ मा इटलीमा खटेका एक कूटनीतिज्ञ बेपत्ता भएका थिए। उनी २०१९ मा भागेको कुरा गत वर्ष मात्र सार्वजनिक भयो। भाग्न त्यति सहज पनि छैन।

कडा सुरक्षा हुने सीमाक्षेत्रबाट दक्षिण कोरिया छिर्न वा चीनसँगको सीमा पार गर्न ठूलो जोखिम हुन्छ। यूकेका लागि उत्तर कोरियाका राजदूत पनि सपरिवार २०१६ मा भागेका थिए।

Advertisement
Advertisement

दक्षिण कोरियाको नागरिक बनेको चार वर्षपछि उनी गत संसदीय निर्वाचनमा विजयी पनि भए।(बीबीसी)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top