खुमलटारमा अमेरिकी राजदूत र प्रचण्डको भेटघाट

१२ माघ ७७, सोमबार
Share this
826shares

१२ माघ, काठमाडौं ।
नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसंग भेटे गरेका छन्।

Advertisement

अमेरिकामा जनवरी २० मा जो बाइडेन नयाँ राष्ट्रपति बनेपछि नेपालस्थित अमेरिकी दूतले भेटघाट बढाएका हुन्।

सोमबार बिहान खुमलटारमा भएको प्रचण्डसँगको भेटमा आफूले प्रजातन्त्रलाई बलियो बनाउन, जलवायु परिवर्तनसँग जुझ्न र संसारभरि महिला र बालिकाको अधिकारका लागि अमेरिकाको प्रतिवद्धता दोहोर्‍याएको राजदूत बेरीले बताएका छन्।

Advertisement

यसअघि राजदूत बेरीले माघ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटघाट गरे। उनले बाइडेन प्रशासनका प्राथमिकताबारे बताएका थिए।

यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पहिलो प्राथमिकतामा राख्दै जलवायु परिवर्तन लगायत मुद्दालाई पन्छाएका थिए। नयाँ राष्ट्रपति बाइडेनले भने अमेरिकालाई फेरि पेरिस क्लाइमेट सम्झौतामा जोड्ने निर्णय गरेका छन्।

Advertisement

नेपालमा पछिल्लो समय अमेरिकी सहयोग एमसिसी विवादमा परेको छ। ट्रान्समिसन लाइनलगायत पूर्वाधार बनाउने उक्त सहयोग संसदबाट पारित गर्नुपर्नेछ। विवाद भएपछि एमसिसी प्रस्ताव संसदबाट पारित हुन सकेको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top